४ मंसिर २०८३, शुक्रबार

एयर मार्शल राख्न दिएर प्रचण्डले भारतसँग राष्ट्रघाति सम्झौता गरेः वैद्य माओवादी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले प्रचण्ड सरकारले विमानमा भारतले एयर मार्शल राख्न पाउने गरी सम्झौता गरेर राष्ट्रघाती काम गरेको आरोप लगाएको छ ।

क्रान्तिकारी माओवादीले शुक्रबार विज्ञप्तीमार्फत भारतीय एयर मार्शल राख्ने कुरा नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता तथा राष्ट्रिय आत्मसम्मानमाथि गम्भीर आघात पुर्याउने प्रकृतिको भएको जनाएको छ ।

क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले जारी गरेको विज्ञप्तिमा मार्फत यस्तो सम्झौता तत्काल खारेज गर्न जोडदार माग समेत गरिएको छ । ‘हाम्रो पार्टी उक्त विषयबारे सत्य तथ्य सार्वजनिक गर्न र त्यस प्रकारका राष्ट्रघाती सम्झौताहरुलाई तत्काल खारेज गर्न सरकारसित जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।