काठमाडौं, १३ माघ । नेपाल विद्युत प्राधिकरण कर्मचारी संगठनहरुले प्राधिकरणले गरेको कर्मचारीको सरुवालाई तत्काल स्थगित गर्न आग्रह गरेको छ ।
एमाले र काँग्रेस सम्बद्ध कर्मचारी संगठनले विद्युत प्राधिकरण कर्मचारीको आधिकारिक ट्रेड युनियनको चुनाव मुखैमा आएको भएको भन्दै विज्ञप्ति मार्फत निर्णय फिर्ता लिन आग्रह गरेका हुन् ।
विद्युत प्राधिकरणले विद्युत चोरी गरी लोड सेडिङ्ग गराउने कार्यमा कर्मचारी पनि संलग्न भइरहेको भन्दै एकै पटक २५ सय कर्मचारीलाई सरुवा गरेको छ । प्राधिकरणले गरेको यो निर्णयले अहोरात्र खटिने कर्मचारीको मनोवल गुम्नुका साथै अपमान समेत भएको विज्ञप्ति मार्फत जनाएका छन् ।
कर्मचारीको सरुवाले आगामी फागुन १८ गते हुने आधिकारिक ट्रेड युनियनको निर्वाचनमा गम्भीर असर परेकाले त्यतिञ्जेलसम्मका लागि सरुवाको निर्णय फिर्ता लिन अनुरोध गरिएको छ ।
यस्तो छ ध्यानाकर्षणपत्रः












प्रतिक्रिया