काठमाडौं, १३ माघ । नेकपा माओबादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ करिब पाँच वर्षअघि तत्कालिन एकीकृत नेकपा माओबादीबाट नेता मोहन बैद्यसंगै छुट्टिएर नेकपा ‘क्रान्तिकारी’ माओबादीमा सामेल भएका थिए ।
तत्कालिन नेकपा माओबादी (अहिलेको नेकपा माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिचानसहितको संघीयताविरुद्ध सम्झौता गरेको र सत्तालिप्सामा लागेको भन्दै बैद्य र विप्लवले नयाँ पार्टी गठन गरेका हुन् । जुन पार्टीमा विप्लव सचिव थिए ।
तर, त्यो पार्टीमा पनि बस्न सकेनन् विप्लव । पार्टी गठन भएको करिब तीन वर्ष नपुग्दै पार्टीमा विद्रोह गरेर विप्लवले नयाँ पार्टी खोले । पार्टीमा नेतृत्वका लागि मरिहत्ते गर्ने नेता विप्लवले आफ्नो इच्छा पूरा गर्न नेकपा (माओबादी) गठन गरे ।
आफूलाई सर्वहाराहरुको नेता भन्न मन पराउने विप्लवले भने त्यो ठाउँमा आफूलाई उभ्याउन सकेनन् । सर्वहारा वर्गीय दृष्टिकोण र नेतृत्व तथा कार्यकर्ताको सर्वहारा चरित्रमा जोड दिने उनले व्यवहारमा त्यो कुरा लागू गर्न सकेनन् । उनको त्यो व्यवहारको आलोचना भइरहेको छ ।
गरिबका छोराछोरीले निःशुल्क स्वास्थ्य शिक्षा पढ्न पाउनुपर्छ र नेताका छोराछोरीले निजी शैक्षिक संस्थामा पढाउनु हुँदैन भन्ने विप्लवले आफ्नै छोरालाई भने चितवनको निजी चितवन मेडिकल कलेजमा एमबीबीएस पढाइरहेका छन् ।
पहिलो किस्ता १० लाख र वार्षिक दुई–दुई लाख रुपैयाँ तिरेर एमबीबीएस पढिरहेको छुँ, भनेर विप्लवका छोरा प्रकाश चन्द स्वयंले कुनै बेला भनेका थिए । तर, उनले अहिले आफूले निःशुल्क पढ्न पाउनुपर्ने भन्दै चितवन मेडिकल कलेजमा हंगामा मच्चाएका छन् ।
शुल्क मागेको भन्दै तोडफोड
नेता विप्लवका छोरा प्रकाशले आफूले निःशुल्क पढ्न पाउनुपर्ने माग कलेज प्रशासनलाई गर्दै आएका थिए । कलेजले कसैलाई पनि निःशुल्क पढाउन नसकिने भन्दै शुल्क माग गरेपछि प्रकाशले कलेजमा नै तोडफोड गरी फरार भए ।
आफ्नो बाबु नेतृत्वको पार्टीको हवाला दिँदै उनले आफूले निःशुल्क पढ्न नपाएको झोंकमा कलेजमा अखिल क्रान्तिकारीमार्फत आक्रमण गर्न लगाए ।
मेडिकलको गाडीमाथि पनि तोडफोड गरियो । चिकित्सा क्षेत्रको शैक्षिक सुधारको नाममा अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले यस्तो हर्कत गर्नु सान्दर्भिक मानिँदैन् । त्यो पनि कुनै व्यक्ति विशेषका लागि । मेडिकल कलेजका अनुसार उनले कलेजमा भर्ना भएका बेला १० लाख रुपैयाँ मात्रै तिरेका थिए ।
कलेजले बाँकी शुल्क ३० लाख मागेपछि उनी भौतिक आक्रमणमा उत्रे । विप्लवले छोरालाई गोप्य रुपमा एमबीबीएस पढाउन ४० रुपैयाँ आन्तरिक रुपमै मिलाउने प्रयास गरेका थिए । तर, त्यो सफल हुन सकेन् ।
गरिब जनताका छोराछोरीलाई ठूला–ठूला सपना बाँड्दै नयाँ जनवादी क्रान्तिको नारा लिएर राजनीति गर्दै आएका विप्लवले आफ्नो छोरालाई पढाउनका लागि मात्रै यस्तो कार्य गर्नु उपयक्त हो त ? प्रश्नको विषय बनेको छ ।
सबै गरिब जनताका छोराछोरीको समस्यालाई केन्द्रमा राख्नुपर्छ । आफ्नो छोराले निःशुल्क पढ्न नपाएको भन्दै तोडफोडमा केन्द्रीत गराउनु् कदापी राम्रो होइन । छोरा प्रकाशले पनि आफूले भनेअनुसार नभएपछि बाबुकै शक्तिको आडमा कलेजमा तोडफोड गरेको निश्चित हो ।
यदि विप्लवले चालेको निःशुल्क शिक्षा अभियानलाई अगाडि लैजाने हो भने यस्तो हर्कतले उनलाई सहयोग गर्दैन् ।
छोरा प्रकाशले यति मात्रै नभई कलेजभित्रको सबै ठेक्कापट्टा, खरिदविक्रीलगायतका कामहरु पनि आफूले पाउनुपर्ने भन्दै दवाव दिइरहेका थिए । तर, उनी त्यसमा पनि सफल हुन सकेनन् ।
फलस्वरुप उनले आफै अध्ययनरत कलेजमाथि भौतिक आक्रमण गराएर ठूलो नोक्सानी पुगाए । उनको यो बाटो कानुन विपरित हो । निःशुल्क शिक्षाकै लागि लड्नु स्वभाविक भएपनि व्यक्ति विशेषको स्वार्थमा मात्रै सीमित हुनु दुखद् हो ।
यसलाई साझा समस्याका रुपमा लिएर प्रक्रियागत ढंगले समाधानको बाटो पैल्याउनु आवश्यक छ ।
छोरीको विहेमा लाखौंको खर्च
नेपाली कम्युनिष्ट आन्दोलनमा आफूलाई सबैभन्दा ‘क्रान्तिकारी’ ठान्ने विप्लवले छोरालाई महंगो कलेजमा पढाउने प्रयास मात्रै गरेनन् आफ्नो छोरीको विहेमा लाखौंको खर्च समेत गर्न भ्याएका थिए ।
बाबुराम, प्रचण्ड र वैद्यको आलोचना गरेर ‘एकीकृत जनवादी क्रान्ति’को कार्यदिशा अँगालेर संघर्षमा होमिएको भन्दै आएका उनले लाखौं खर्च गरेर छोरीको सुटुक्क विहे गरेका थिए ।
आफूलाई सर्वाहारा नेता भन्ने विप्लवले छोरीलाई श्रृंगार र गहनाले छपक्कै ढाकेका थिए । जुन बेला यो विषय निकै चर्चाको विषय बनेको थियो । उनकी छोरी सञ्जु चन्दको सुनसरी निवासी विनोद लुईंटेलसँग एक वर्षअघि विहे भएको थियो ।
यो पनि पढ्नुस्ः
















प्रतिक्रिया