४ मंसिर २०८३, शुक्रबार

भारतीय गणतन्त्र दिवसकै दिन राजदूतावासमा झडप, रञ्जीत रे विहानै हिडे!

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १३ माघ । भारतको ६८ औं गणतन्त्र दिवसको अवसरमा नेपालस्थित राजधानीको लैनचौरमा रहेको भारतीय राजदूतावास अगाडि प्रदर्शन भएको छ ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको नेतृत्वमा विहिबार भारतीय गणतन्त्र दिवसको विरोध गर्दै राजदूतावास अगाडि लैनचौरमा प्रदर्शन गरिएको संयोजक फणीन्द्र नेपालले जानकारी दिए ।

‘विरोध प्रदर्शनका क्रममा लैनचौरमा ब्यानर खोल्दा खोल्दै प्रहरीले धरपकड गर्न सुरु गरेपछि केहीबेर ब्यानर तानातान र भीडन्त हुँदै अन्त्यमा प्रहरीले उचालेर भ्यानमा थचार्यो,’ संयोजक नेपालले भने ।

घटनापछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । संयोजक नेपालसहित सुरेश गिरी र त्रिलोक शर्मालाई लैनचौरबाट पक्राउ गरी अहिले महानगरीय प्रहरी वृत्त दरबार मार्गमा राखिएको छ ।

अन्य प्रदर्शनकारीलाई भने प्रहरीले लाठी प्रहार गरेर लैनचौरबाट हटाएको थियो । आफू पक्राउ परेपछि ग्रेटर नेपालका संयोजक नेपालले प्रश्न गरेका छन्– ‘नेपाल टुक्राउन आम सभा गर्न छुट हुने तर नेपाल एक हुनुपर्छ भन्दा थुनिनुपर्ने ?’

प्रदर्शनकारीले ‘भारतीय विस्तारवाद मुर्दावाद, नेपाली भूमि फिर्ता गर, सीमाना मिच्न पाइदैन्’ जस्ता नाराहरु लगाएका थिए ।

राजदूत रे विहानै हिडे

पक्राउ परेका ग्रटेर नेपालका संयोजकसहितका अभियन्ता ।

यसैबीच दूतावास अगाडि प्रदर्शन हुने थाहा पाएपछि भारतीय राजदूत रञ्जीत रे विहानै निस्किएका थिए । उनी एम्बुलेन्स हस्तान्तरणसहित विभिन्न कार्यक्रममा सहभागी हुन् उपत्यका बाहिर छन् । साथै भारतीय दूतावासका अधिकांश कर्मचारी समेत गणतन्त्र दिवसमा नेपालीलाई सहयोग गरेर मन जित्ने प्रयत्नमा लागेका छन् ।