काठमाडौं, १३ माघ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एव्म पूर्वमन्त्री हरिबोल गजुरेलले निकासका लागि दलहरु मिल्नुको विकल्प नभएको बताएका छन् ।
विहिबार रिपोर्टर्स क्लवको साक्षात्कारमा बोल्दै उनले प्रमुख प्रतिपक्षी दल संविधान संशोधनको पक्षमा नउभिएको र मधेशी मोर्चाले संशोधन हुनैपर्छ भनिरहेको अवस्थामा आफ्नो पार्टीले समन्वयात्मक भूमिका निर्वाह गरिरहेको बताए ।
गजुरेलले भने, ‘संविधान कसैलेपनि भनेकोजस्तै छैन, यो सबैको साझा दस्तावेज हो, हामीलेपनि भनेका कुराहरु लागु भएका छैनन् ।’ प्रमुख दलहरुवीच राजनीतिक निकास दिनेवारे ढिलो चाँडो सहमति हुने समेत उनको विश्वास थियो ।
उनले समयमै निर्वाचन गर्नुपर्ने बताउँदै भने, ‘संविधान कार्यान्वयनको लागि पनि ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको निर्वाचन गर्नुपर्नेछ, त्यसको लागि दलहरु मिलेर जानुको विकल्प छैन ।’











प्रतिक्रिया