४ मंसिर २०८३, शुक्रबार

विद्युत चोरीमा संलग्न विद्युत प्राधिकरणका थप तीन कर्मचारी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । विद्युत चोरी गरी लोडसेडिङ बढाउने कार्यमा संलग्न भएको गिरोहलाई पक्राउ गरेको दुई दिनपछि प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेका तीन जना पनि नेपाल विद्युत प्राधिकरणमै कार्यरत कर्मचारी हुन् । प्रहरीले यसअघि पक्राउ परेका कर्मचारी र व्यापारीहरुको सूचनाको आधारमा पदमराज जोशीसहित तीन जनालाई पक्राउ गरेको हो ।

स्रोतका अनुसार पक्राउ परेका तीनै जना मिटररिडर हुन् । महाशाखाले यस अगाडि व्यापारी र ग्राहकसँग मिलेर विद्युत चोरी गराउने गरेको र सो वापत ५ लाख रुपैंयासम्म असुल्ने गरेको अभियोगमा प्राधिकरणका बहालवाला र अवकासप्राप्त कर्मचारी गरी १२ जना र उनीहरुसँग मिलेमतो गरी विद्युत चोरी गरेको अभियोगमा ४ जना व्यापारी पक्राउ परेका थिए ।