४ मंसिर २०८३, शुक्रबार

भारतसँग सम्बन्ध सुध्रियोः परराष्ट्रमन्त्री महत

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर (दाङ), १२ माघ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले छिमेकी राष्ट्रसँगको सम्बन्ध सुधार भएको बताउनुभएको छ ।

प्रेस युनियन दाङले आज दाङको चखौरामा आयोजना गरेका पत्रकार समेलनमा उहाँले पछिल्लो समयमा चिसिएको मित्र राष्ट्रसँगको सम्बन्ध विस्तार हुँदै गएको बताउनुभयो । “भारत, चीनसँगको सम्बन्ध सुधारका लागि नियमित बैठक भइरहेको छ, यसले पनि राम्रो परिणाम दिएको छ” उहाँले भन्नुभयो ।

विदेशमा काम गर्न गएका नेपालीको बिमा व्यवस्थापनका लागि दुई महिनाभित्र अध्ययन अवलोकन गर्न कार्यदल बनाएको समेत बताउनुभयो । उहाँले बिमा समितिसँग कुरा भएको र छिट्टै त्यो लागू हुने जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य रहनुभएका मन्त्री महतले सबै दललाई सहमतिमा ल्याउन र संविधान संशोधन तथा स्थानीय निकायको निर्वाचन गराउन सरकार लागिपरेको बताउनुभयो ।

उहाँले वर्तमान गतिरोधको निकास र मुलुकको विकास अगाडि बढाउनका लागि वर्तमान सरकार गठन भएको र ती दुई कामलाई प्रमुखतामा राखेको उल्लेख गर्नुभयो । उहाँले अब छिट्टै स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरिने पनि बताउनुभयो । रासस