भैरहवा, माघ १२ । मिनी पारलीयामेन्टको रुपमा परिचित स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि तीव्र तयारी गर्न नेकपा एमालेका नेताहरुले विद्यार्थीलाई निर्देशन दिएका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन(अनेरास्ववियु) भैरहवा बहुमुखी क्याम्पसको १९ औं सम्मेलनलाई सम्बोधन गर्दै नेताहरुले ८ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन विद्यार्थीको लागि मात्रै नभएर दलीय प्रतिष्ठासंग पनि जोडिएको जनाउदैं निर्वाचनमा परिणाम आफ्नो पक्षमा आउनेगरी लाग्न निर्देशन दिएका हुन् ।
सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा एमालेका नेता हरिप्रसाद अधिकारीले भने “विद्यार्थी भनेका परिवर्तनका संवाहक हुन् । यसैले सबैभन्दा पहिले विद्यार्थीले वर्तमान राजनीतिलाई राम्रोसंग बुझ्नुपर्दछ । त्यसपछि आसन्न स्ववियु निर्वाचनमा होमिनुपर्दछ ।”
एमाले नेता अधिकारीले वर्तमान राष्ट्रिय राजनीतिले मुलुकमा राष्ट्रबादी शक्तिको रुपमा एमाले मात्रै शसक्त भूमिकामा देखिएको जनाउदैं नेकपा एमालेको निती निर्देशन र सिद्धान्तलाई आत्मसाथ गर्ने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको पक्षमा लागि अनेरास्ववियुको उम्मेदवारलाई स्ववियुमा निर्वाचन गराएर विश्वविद्यालयका विद्यार्थीहरुले राष्ट्रिय एकता र संविधानको कार्यन्यवनको पक्षमा उभिने बेला आएको जनाए ।
उनले भने “एमाले संबद्ध विद्यार्थी संगठन अनेरास्ववियु मुलुकको हरेक सामाजिक, राजनितीक आन्दोलनमा जसरी अग्रपंक्तिमा रहेर लागेको थियो त्यसैगरी संविधानको कार्यन्वयन र विद्यार्थिहरुको बैज्ञानिक शिक्षाको माग सहितको आन्दोलनको पनि नेतृत्व गरिरहेको छ । यसर्थ सबै विद्यार्थि संगठनको नेता अनेरास्ववियुको स्ववियुमा विजयीले मात्रै विश्वविद्यालयका विद्यार्थिको भविष्य सुनिश्चित छ ।”

सोही अवसरमा अनेरास्ववियु केन्द्रिय सदस्य तथा रुपन्देही इन्जार्च सन्दिप विकले अनेरास्ववियुकै नेतृत्वमा सवारी साधनमा विद्यार्थिकोलागी ४५ प्रतिशत छुट दिने कार्य होस् वा सटिफीकेटको आधारमा निरब्याजी विद्यार्थिकोलागी क्रृण दिने प्रस्ताव आएको जनाउदैं मुलुककै ठूलो विद्यार्थि संगठन अनेरास्ववियुले आसन्न स्ववियु निर्वाचनमा देशैभर विजयी हासील गरेमात्र विश्वविद्यालयको प्राज्ञिक स्तर एकातिर सुदृढ हुने छ भने अर्कोतिर विद्यार्थिले प्राप्त गरेको सर्टिफीकेटको पनि महत्व बढ्नेगरी कार्ययोजना आउने बताए ।
सम्मेलनमा नेकपा एमालेका नेता सन्जय गुप्ताले मुलुकमा अहिले पहाडीया र मधेसको नाममा केहि विखण्डनकारी तत्वले मधेस क्षेत्रमा सामप्रादायीकता भढ्काउन खोजेको जनाए । लोकतान्त्रीक मधेसी संगठनका केन्द्रिय नेता समेत रहेका गुप्ताले भने “हामी तराई मधेसमा बस्नेहरु सबै दाजुभाई हो । यहां कसैले मधेसको नाम जोडेर संगठन र पार्टि खोल्दैमा त्यो मधेसको पक्षधर हुदैन । यो मुलुक बनाउने र शान्त र सुदृढ गराउने भनेको एमालेले मात्रै हो । यसर्थ एमाले सम्बद्ध अनेरास्ववियुको सदस्य भएर विद्यार्थिले आफ्नो पठनपाठनलाई अगाडी बढाएमा एकातिर सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो हुन्छ भने अर्कोतिर त्यो विद्यार्थिले विश्वविद्यालय तह उत्तिण पश्चात स्वरोजगारीको पनि प्रत्याभूति हुन्छ । ”
क्याम्पस कमिट अध्यक्ष शसी पन्थिको अध्यक्षता, सरोज ठकुरीको सन्चालन तथा सागर यादवको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा अनेरास्ववियु पुर्व केन्द्रिय सदस्य तथा एमाले जिल्ला सदस्य उमा अधिकारी, एमाले जिल्ला सदस्य धर्मराज गिरी , नेकपा एमाले क्षेत्रीय सदस्य तथा विद्यार्थि सहइन्चार्ज नरेश के.सी., क्षेत्रीय सदस्य उमेश थापामगर , एमाले नगर सचिव थानेश्वर पौडेल, एमाले नगर सचिवालय सदस्य तथा विद्यार्थि इन्जार्च प्रकाश पाण्डे, एमाले नगर सचिवलाय सदस्य तथा युवा इन्चार्ज कुमार गुरुंग, अनेरास्वयिु जिल्ला अध्यक्ष बालकृष्ण पाण्डे, जिल्ला सहसचिव तथा क्षेत्रीय इन्जार्च लक्ष्मी के.सी, क्षेत्रीय अध्यक्ष झकबहादुर आले, जिल्ला सदस्य दिनेश खनाल, नारयाण पराजुली, भैरहवा बहुमुखी प्रमुख अनिल कुमार झा, विद्यार्थि कल्याण विभागका पुर्व प्रमुख केशब शर्मा बेलबासे, प्रशासन प्रमुख लक्ष्मी शर्मा, अनेरास्ववियु नगर अध्यक्ष सुवास लुइटेल लगायतको आतिथ्यता रहेको थियो । अतिथीहरुले स्ववियु निर्वाचन अनेरास्ववियुको पक्षमा आउनेगरी सृजनात्मक काम गर्न क्याम्पस कमिटीलाई शुभकामना समेत दिएका छन् ।
त्रिभुवन विश्वविद्यालय अन्र्तगतका देशैभरका क्याम्पसमा स्ववियु निर्वाचन फागुन १४ मा हुने करिब पक्का पक्की भएको छ ।
ठकुरीको अध्यक्षतामा नयां नेतृत्व
यसैबीच उद्घाटन सत्र पश्चात क्याम्पसमै सम्पन्न अनेरास्वियु भैरहवा बहुमुखी क्याम्पसको १९ औं सम्मेलनको बन्दसत्रले सरोज ठकुरीको अध्यक्षतामा नयां नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा सागर यादव, सचिवमा भिम भण्डारी र सहसचिवमा रामजी तिवारी, सागर न्यौपाने, पवित्रा थापा चयन भएका छन् । यसैगरी कोषाध्यक्षमा रिसीता खत्री र सदस्यहरुमा गितु पौडेल, सागर धवल, सुदीप यादव, नामी गुप्ता, सीमा भट्टचार्य, आकाश कुमार गुप्ता, संजय धवल, सावित्रा बस्याल, सुदन बस्याल, मुकेश यादव, पवित्रा भण्डारी, सरोज खनाल, रविन पौडेल, सुम्निमा आचार्य र जानकी थापा रहेका छन् ।
यसैगरी सदस्यमा सृजना थापा, पुनम मगर, किरण गौतम, हरिप्रसाद भण्डारी, राजिव वि.स., कृष्ण पाण्डे, तामलला पोखरेल, विनिता आचार्य, प्रीया गुरुंग र कृष्ण काफ्ले चयन भएको अधिवेसनको बन्द सत्र निर्देशन समितीका संयोजक तथा अध्यक्ष मण्डलका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ बन्दसत्रका प्रमुख अतिथी अनेरास्वियु केन्द्रिय सदस्य तथा रुपन्देही इन्जार्च सन्दिप विकले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
बन्दसत्र पश्चात एमाले जिल्लासदस्यद्धय धर्मराज गिरी र उमा अधिकारी, जिल्ला अध्यक्ष बालकृष्ण पाण्डे, जिल्ला सहसचिव लक्ष्मी के.सी. लगायतले बधाई मन्तब्य राख्दै नवनिर्वाचित अनेरास्ववियु भैरहवा क्याम्पसको नेतृत्वले सृजनात्मक र उदाहरणीय काम गरेर देखाउनेमा विश्वास व्यक्त गरेका थिए ।












प्रतिक्रिया