४ मंसिर २०८३, शुक्रबार

नेपालमा दलहरु अन्तिम समयमा मिल्ने इतिहास बनेको छः मन्त्री खाँड

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ १२ माघ । रक्षामन्त्री बालकृष्ण खाँडले सबै दललाई मिलाएर वर्तमान राजनीतिक गतिरोधको अन्त्य गरिने बताउनु भएको छ ।

रिपोटर्स क्लब नेपाल दाङ शाखाले आज तुलसीपुरमा गरेको साक्षात्कारमा बोल्दै मन्त्री खाँडले सबै दललाई सहमतिमा ल्याएर संबिधान संशोधन तथा स्थानीय निकायको निर्वाचन गरिने बताउनुभयो ।

नेपालमा दलहरु अन्तिम समयमा आएर मिल्ने इतिहास बनेको भन्दै मन्त्री खाँडले वर्तमान राजनीतिक निकास निकाल्नका लागि पनि चाँडै सहमति हुने बताउनुभयो ।

देशको बिकास र वर्तमान निकासबाट अगाडि बढाउनका लागि दलहरुका बीचमा सहमति हुनुको बिकल्प नरहेको उहाँको भनाई रहेको छ । संबिधान संसोधन प्रस्तावमा अन्तिम समयमा सहमति हुनेमा उहाँले विश्वास समेत ब्यक्त गर्नुभयो ।

‘प्रदेश नम्वर ५ मा पहाडी जिल्लालाई पनि राखिनुपर्ने’

अर्को प्रसंगमा बोल्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य समेत रहनु भएका मन्त्री खाँडले प्रदेश नम्वर ५ मा पहाडी जिल्लालाई पनि राखिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले लुम्बिनीको बिकासका लागि र लुम्विनीको गरिमालाई अझै उँचो राख्नका लागि पनि प्रदेश नम्बर ५ बाट लुम्बिनीका पहाडी जिल्लाहरुलाई छुटाउन नहुने आफनो ब्यक्तिगत धारणा रहेको समेत बताउनुभयो । लुम्बिनी विश्वको केन्द्र भएको भन्दै यसलाई अझै माथि उठाउन लुम्बिनीका पहाडी जिल्लालाई संगै राख्नु पर्नेमा जोड दिनुभयो ।

तर, मन्त्री खाँडले यो बिषयमा पार्टीमा तथा सरकारमा समेत कुरा राखेको भन्दै पार्टीले गर्ने निर्णय भने आफूले मान्ने बताउनुभयो । आफू कांग्रेसको सच्चा सिपाहि भएको भन्दै कांग्रेस र नेपाल आफूले कहिल्यै छोडन नसक्ने समेत बताउनुभयो ।

‘देश विकासमा नेपाली सेनाको भुमिका महत्वपूर्ण’

देशको गरिमालाई उच्च राख्न नेपाली सेनाले खेलेको भुुमिकाको उच्च प्रशंसा गर्दै मन्त्री खाँडले नेपाली सेनाले सीमाको रक्षाका साथै नेपालको परिवर्तलाई आत्मसाथ गरि अगाडि बढेको भन्दै देशको बिकासमा समेत नेपाली सेनाको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । मुलुकमा भएका २ वटै सविधान सभाको निर्वाचनमा नेपाली सेनाले महत्वपुर्ण भुमिका निर्वाह गरेको समेत बताउनुभयो । उहाँले नेपाली सेनाले ठुला ठुला दैवि प्रकोपको ब्यवस्थापन तथा अन्तर्राष्ट्रिय मिशनमा समेत विश्वको छैठौं सेनाको रुपमा आफूलाई स्थपित गरेको भन्दै त्यसले नेपाल र नेपालीको शिर उचो बनाएको बताउनुभयो ।