
काठमाडौं, ११ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो निर्णयमै सुरक्षित गर्भपतन गराउने र त्यससम्वन्धी सूचना दिने गैरसरकारी संस्थाहरुलाई दिँदै आएको सहयोगमा प्रतिबन्ध लगाएका छन् ।
ट्रम्पले गरेको यो निर्णयले नेपालमा पनि असर पुगेको छ । यसले सुरक्षित गर्भपतनका लागि क्रियाशील नेपाल परिवार नियोजन संघ पनि प्रभावित हुने भएको छ ।
जसले गर्दा ट्रम्पको निर्णयले सामुदायद्वारा सञ्चालित क्लिनिक, स्वास्थ्य शिविर गर्न नसकिने स्थिति भएको छ । साथै परिवार नियोजन संघमा आवद्ध डाक्टर, नर्सका साथै स्वास्थ्य विशेषज्ञ पनि अब काम विहीन हुने भएका छन् ।
स्वास्थ्य क्षेत्रका लागि विश्वमै ठूलो दातृ निकायका रुपमा रहेको अमेरिकाले गरेको यस्तो निर्णले यससंग जोडिएका देश तथा निकायलाई असर पुगेको छ ।
अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएस एआईडीमार्फत अमेरिकाले ३ अर्ब डलर खर्च गर्छ । ट्रम्पको यो निर्णयले सुरक्षित गर्भपतनसम्वन्धी कार्यका लागि आइरहेको १ करोड डलर सहायता कटौती हुने भएको अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघले जनाएको छ ।
गर्भपतनको विरोध गर्नु रिपब्लिकन पार्टीको घोषित नीति नै भएकाले उनले सबैभन्दा पहिला यस्तो निणय गरेको देखिएको छ । यो कार्यक्रम सन् १९८५ बाट सुरु भएको थियो ।











प्रतिक्रिया