३० आश्विन २०८३, शुक्रबार

बिहारमा जन्मियो एलियन जस्तै बच्चा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । भारतको बिहारमा एक अनौंठो बच्चाको जन्म भएको छ ।

जुन बच्चाको सक्कल कुनै आम बच्चा भन्दा निकै फरक छ । जसलाई देखेर अचम्ममा परेका छन् । यो बच्चालाई कसैले एलियन समेत भनेका छन् । बच्चालाई हेर्नका लागि मानिसको लाइन नै लागेको छ ।

पटनाको एक अस्पतालमा एक महिलाले जब यो बच्चालाई जन्म दिइन तब डाक्टर पनि अचम्ममा परेका छन् । बच्चाको आँखा र ओठ ठूला छन् भने शरीर आम बच्चाको भन्दा फरक छ ।

शरीर पूर्ण रुपमा विकसित हुन सकेको छैन । बच्चाको शरीर पूर्ण रुपमा विकसित नभएकै कारण यस्तो भएको हुन सक्ने अनुमान गरिएको छ ।
डाक्टरका अनुसार आमा–बाबुको जिनकै कारण यस्तो भएको हुन सक्छ । दुबैको जिनमा म्यूटेशन कारण हुन सक्छ ।

एक अर्का डाक्टरका अनुसार हर्लेक्विन इचथिस्योसिस रोग हो जुन लाखौं बच्चामध्ये एकमा हुन सक्छ । पहिले पनि यस्तो बच्चाहरुको जम्न भएको थियो ।