४ मंसिर २०८३, शुक्रबार

संविधान संशोधन गर्न मन्त्री बनेको होइन : नवनियुक्त मन्त्री

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा भर्खरै नियुक्त भएका महिला, बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले आफू संविधान संशोधनका लागि आफू मन्त्री नबनेको बताएका छन् ।

रिपोर्टस क्लवद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले आफूले संविधान संशोधनका विषयमा आफूले प्रधानमन्त्रीलाई केही नभनेको बताए । आफू संविधानका केही बुदाहरु संशोधन गर्नुपर्छ भन्ने पक्षमा रहेको भएपनि अहिले संसदमा परेको संशोधन प्रस्तावकै लागि नआएको प्रष्ट्याए ।
उनले आफू संविधान संशोधन गर्छु भनेर प्रधानमन्त्रीसंग कबुल गरेर पनि मन्त्री नबनेको बताए । यसबारेमा आफूलाई प्रधानमन्त्रीले पनि केही नभनेको बताए । संशोधन प्रस्ताव पारित गराउनको लागि मन्त्री बनाइएको भन्ने हल्ला अनुमानका आधारमा मात्रै आएको उनको भनाई छ ।

त्यस्तै, अर्का नवनियुक्त खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले अहिले संविधान संशोधन भन्दा पनि कार्यान्वयनको आवश्यकता परेको बताए । संविधान कार्यान्वयन गर्दै जाँदा आवश्यक परेको खण्डमा मात्रै संविधान संशोधन गर्नुपर्ने उनले बताए