१३ कार्तिक २०८३, शुक्रबार

मत जोगाउने रणनीतिमा एमाले गठबन्धन, दुईतिहाइ पुर्‍याउन सरकारलाई गाह्रो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ । दुईतिहाइ पुर्‍याउन सरकारलाई गाह्रो विधेयकको पक्षमा दुईतिहाइ मत पुर्‍याउन साना दललाई फकाउने सरकारको प्रयास जारी छ ।

त्यही रणनीतिअन्तर्गत बिहीबार एक–एक सिट भएका प्रेमबहादुर सिंह र कुमार खड्कालाई मन्त्रिपरिषदमा सहभागी गराइएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

राप्रपा र फोरम लोकतान्त्रिकलाई सरकारमा ल्याउने र विधेयकको पक्षमा उभ्याउने प्रधानमन्त्रीको प्रयास जारी छ । दुवै पार्टी सरकारमा आए विधेयकको पक्षमा स्पष्ट दुईतिहाइ मत पुग्छ ।

राप्रपा र फोरम लोकतान्त्रिक सरकारमा आए एमालेका केही मधेसी सांसदलाई पनि प्रभावित पार्न सकिने सरकारको बुझाइ छ ।

एक सांसद रहेको नेपाः पार्टीका सांसद लक्ष्मण राजवंशीलाई पनि विधेयकको पक्षमा उभिन उनकै पार्टीभित्रबाट ठूलो दबाब सिर्जना गरेको थियो । आन्तरिक कलह बढ्दै गएपछि राजवंशीले बौद्धिक गणतान्त्रिक परिषद् नामक छुट्टै पार्टी दर्ता गरे, तर मानेनन् ।

मत जोगाउने विपक्षीको रणनीति

विधेयक पारित गर्न दुईतिहाइ (३९६ सांसद) आवश्यक पर्छ । संशोधन विधेयकको विपक्षमा रहेका एमालेसहितका नौ दलसँग २०१ सांसद छन् ।

यो संख्या एमालेले जोगाइराखे विधेयकको पक्षमा दुईतिहाइ पुग्दैन । अहिले एमालेको जोड यही मत जोगाउने पक्षमा छ । सरकार र विपक्षी कतातिर लाग्ने भन्ने स्पष्ट खुलिनसकेका राप्रपा र लोकतान्त्रिक फोरमलाई सरकारमा जान नदिन एमालेले जोड गरेको छ ।

२०१ संख्या मात्रै जोगाइराख्न सके सरकारले ल्याएको संशोधन विधेयक फेल हुनेमा एमाले ढुक्क छ । त्यसैमा उसको जोड छ ।