काठमाडौं, ७ माघ । प्याराडाइज युथ क्लब ‘बी’ दोश्रो रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ ।
फाइनल प्रबेशको क्रममा प्याराडाइजले सेमिफाइनलमा लोकतान्त्रीक खेलकुद संघ, रामेछापलाई २५–२१,२५–१८,२५–२१ को सोझो सेटमा पराजित ग-यो । यस अघि प्याराडाइजले क्वार्टरफाइनलमा युनिक सोसीयल एन्ड टेक्नीकल प्रालीलाई २५–१२,२५–१८ को सोझो सेटमा हरायो ।
फाइनलमा प्याराडाइजले हिमगंगा गावीस र नमुनादीप युवा क्लब विचको विजेतासंग खेल्ने छ । शुक्रबार नै दोश्रो सेमिफाइनल र फाइनल खेल हुने छ ।
सेमिफाइनल प्रबेशको क्रममा बिहिबार नै भएको खेलमा हिमगंगाले शान्तीदिप युवा क्लबलाई २५–१८,२५–२३ ले पराजित गरेको हो । नमुनादीपले क्वार्टरफाइनलमा प्याराडाइज युवा क्लबएलाई २५–७,२५–२० ले हराएको हो ।
रामेछाप जिल्ला खेलकुद विकास समितीको आयोजनामा लिगकम नकआउटको जारी प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो ।
उपाधि विजेताले १ लाख ५० हजार रुपैया पुरस्कार पाउने छन् । रामेछाप जिल्ला खेलकुद विकास समितीले प्रत्येक महिना एक महत्वपूर्ण कार्यक्रम गर्ने योजना बनाएको जिल्ला खेलकुद विकास समितीका अध्यक्ष पुरुषोत्तम कडरियाले जानकारी दिएका छन् ।















प्रतिक्रिया