४ मंसिर २०८३, शुक्रबार

प्रचण्डको सुरुङ्ग युद्ध भारतीय सुरुङ्ग मार्गको एम्बुसमा पर्योः पूर्वमन्त्री बस्नेत

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, ६ माघ । नेकपा एमालेका युवा नेता महेश बस्नेतले दुर्गा तिवारीका हत्यारालाई कानुनी कठघरामा ल्याउन सरकारसँग माग गरेका छन् ।

रुपन्देही युवा संघका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व उद्योगमन्त्री तथा युवा संघ नेपालका पूर्व अध्यक्ष रहेका बस्नेतले सरकारले दुर्गा तिवारीका हत्यारालाई चाडो समातेर कानुनी कठघरामा उभ्याउनुपर्ने बताए । तिवारीलाई तत्काल सहिद घोषना गर्न समेत उनले माग गरे ।

हाल सत्तामा रहेका दुई अतिबादी शक्ति (कागं्रेस र माओवादी केन्द्र)को मिलन हसिया जस्तो भएको तथा जसको टुप्पो र बिड मिलेजस्तै भएको टिप्पणी गरे । उनले भने– ‘आज देश विखण्डनको निम्ति अतिवादीको मिलन हसियांको मिलन जस्तो छ ।’

उनले मुलुकको पछिल्लो बिग्रदो अवस्था बर्तमान सरकारका प्रधानमन्त्रीको अदुरदरसी सोचका कारण उत्पन्न भएको बताए । उहाँले प्रचण्डको सुरुङ्ग युद्द लड्ने कथा अहिले भारतीय सुरुङ्ग मार्गको एम्बुसमा परेको बताए ।

युवा संघ नेपालका केन्द्रिय सचिव माधव बास्तोलाले समेत सम्बोधन गरेको अगुवा कार्यकर्ता भेलामा दुर्गा तिवारीका दाजु चक्रपाणि तिवारीले भाव विहोल रुपमा आफ्नो कुरा राख्दै संघ र पार्टीले जुन कदम चालेको छ यसप्रति परिवारको तर्फबाट धन्यवाद ज्ञापन गरे । साथै हत्यारालाई पत्ता लगाएरै छाड्ने विश्वास आफूहरुलाई रहेको प्रतिक्रिया दिए ।