सप्तरी, ६ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि तराईको सप्तरी जिल्ला पुगेका छन् ।
बुधबार सिरहाको लहानमा ‘स्वतन्त्र मधेस गठबन्धन’का संयोजक सीके राउतले शक्ति प्रदर्शन गरेको भोलिपल्ट विहिबार गृहमन्त्री निधि सप्तरी पुगेका हुन् । निधि सीके राउतले शक्ति प्रदर्शन गरेको जिल्ला सिरहा हुँदै फर्किनेछन् ।
कर्मचारीलाई निर्देशन/प्रहरीको सातो लिए
सप्तरीको बरमझियामा कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै गृहमन्त्री निधिले कर्मचारीले उच्च मनोबलका साथै इमान्दारीपूर्वक सरकारका नीति तथा कार्यक्रमलाई पूरा गर्न निर्देशन दिए । ‘विकास निर्माणका साथै जनताको काम काजलाई छिटो छरितो रुपमा सम्पन गर्न कटिबद्ध भएर लाग्नुस्,’ उनले भने ।
संविधान संशोधनपश्चात् स्थानीय निकायलगायत तीनवटै निर्वाचन हुने भएकाले त्यसको तयारीमा लाग्न पनि उनले निर्देशन दिए ।
उनले सेवाग्राहीको काम पूरा नगर्ने कर्मचारीलाई कारबाहीसमेत गरिने बताउँदै वर्तमान संविधान गतिशील दस्तावेज भएकाले सबैलाई सन्तुष्ट पार्न संविधान संशोधन अवश्यक रहेको बताए ।
कार्यक्रममा सहभागी नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुखसँग हिजो भएको (सीके राउत शक्तिप्रदर्शन) घटनाबारे समेत जानकारी लिँदै गृहमन्त्री निधिले सीके राउतलाई रोक्न छाडेर के हेरेर बसेको भन्दै सातो लिएका थिए ।












प्रतिक्रिया