१३ कार्तिक २०८३, शुक्रबार

निर्वाचन आयोगमा गोपाल दहितले मर्यादा भुलेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । थरुहट तराई पार्टीको विवाद निर्वाचन आयोगमा पुगेको छ । आयोगले बुधबार सांसदद्वय गोपाल दहित र गंगा चौधरीलाई कान्तिपथस्थित कार्यालयमा बोलाएर पार्टी विभाजनका विषयमा छलफल गरेको हो ।

छलफलका क्रममा सांसद गोपाल दहितले आफ्नो पदीय मर्यादा भुलेर बोलेपछि आयोग कार्यालयमा सन्नाटा छाएको थियो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

किन पार्टी फुटेको हो भनेर सो विषयमा परामर्श गर्न आयोगले दुबै पक्षलाई झिकाएको थियो । तर, गोपाल दहितले आफ्नो मर्यादालाई भुलेर जथाभावी अभिव्यक्ति दिएको उच्च स्रोतले जनाएको छ । सांसद गंगा चौधरीले पार्टीमा निरंकुशता बढ्दै गएपछि बाध्य भएर दल विभाजन गर्न पुगेको जवाफ दिएकी थिइन् ।

उनले आगामी दिनमा थारुहरूको हकहितका लागि आफ्नो पार्टीले मुद्दा उठाउने बताएकी थिइन् । तर, गोपाल दहितले भने आयोगमा ठूला–ठूला कुरा गरेको स्रोतको भनाइ छ ।

दरबारीय राजनीतिबाट थारु आन्दोलनमा मिसिन आइपुगेका गोपाल दहितका अराजनीतिक क्रियाकलापका कारण थरुहट तराई पार्टीमा ठूलो असन्तुष्टि छ । गोपाल दहितको कार्यशैलीको अपमान सहन नसकेर सांसद गंगा चौधरीले पार्टी विभाजन गरेकी थिइन् । उनको पार्टीलाई संसद सचिवालयले मान्यता दिइ सकेको छ ।

संसद सचिवालयबाट मान्यता पाएकी गंगा चौधरीले पार्टीको झण्डा र चुनाव चिन्ह दाबी गरेर दल दर्ताको निवेदन आयोगमा दिएकी थिइन् । उनको निवेदनपछि आयोगले गोपाल दहितसहितका नेताहरूलाई बोलाइएको थियो । थरुहट तराई पार्टी विभाजन हुन नसकेका गोपाल दहितले आफ्नो राजनीतिक भविष्यलाई लिएर चिन्ता जनाउन थालेका छन् ।

उता, गंगा चौधरी भने संगठन निर्माणका लागि जिल्ला दौडाहमा सक्रिय भइसकेकी छिन् । माघी पर्वका बेला पनि उनले दाङ, बर्दियासहितका जिल्लामा थारु नेताहरूसँग संगठन विस्तारका विषयमा परामर्श गरेको स्रोतले जनाएको छ ।