४ मंसिर २०८३, शुक्रबार

मधेसी जनताले यसरी घेरा हाले उपेन्द्र र महेन्द्रलाई, हतार हतार टाप कसे!

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहामा शहिदको शालिकमा माल्यार्पण गर्दै उपेन्द्र यादव ।

लहान, ५ पुस । संघीय गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव बुधबार सिरहामा मधेसी जनताको घेरामा परेका छन् ।

सिरहाको लहानमा आयोजित १० औं बलिदानी दिवसमा सहिदलाई माल्यापर्णका क्रममा उपेन्द्र र महेन्द्र सीके राउत समर्थक मधेसी जनताको घेरामा परेका हुन् । सीके राउत आउने थाहा पाएपछि दुबै नेता लहानबाट हतार हतार बाहिरिएका थिए ।

यसरी डराए उपेन्द्र र महेन्द्र

महेन्द्रराय यादव

करिब विहान साढे ११ बजेतिर रमेश महतो लगायतका सहिदलाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादबले माल्यार्पण गरे । माल्यार्पणपछि उपेन्द्र यादबले लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा पुगेर विरामीलाई फलफूल वितरण गरे । यता महेन्द्रराय यादब सहिद पार्क नजिकै राजमार्गकै छउमा बनाएको स्टेज पुगेर कोणसभा गर्न थाले ।

उपेन्द्र फलफूल वितरणपछि लहानमा कोणसभा नगरी गढिया पुगे । महेन्द्रले सम्बोधन गर्न नपाउँदै डा.सीके राउतका हजारौं नेता तथा कार्यकर्ता सहिद पार्क अगाडी आएर प्रदर्शन गर्न थाले । महेन्द्र राय यादबले गरेको कोणसभा सुनसान भयो । हतार हतार उनले सम्बोधन गरी कार्यक्रम सम्पन्न गरे ।

महेन्द्र राय यादबपनि हिडे लगत्तै डा. राउत अचानक एउटा गाडीबाट पार्क अगाडी ओर्लिए । सुरक्षाकर्मी पनि आश्चर्यमा परे । सुरक्षाकर्मीहरुलाई राजमार्गमा गाडी कटाउन हम्मेहम्मे पर्यो । सधैं ट्राफिक मात्र देखिने राजमार्गमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत सडक व्यवस्थापनमा लाग्यो । डा. राउतका कार्यकर्ताको जमात बढ्दै गयो । एक छिनमै करिब १० हजारभन्दा अधिक नेता तथा कार्यकर्ता भेला भए । त्यसपछि डा. राउतलाई प्रहरीले पक्राउ गर्न आँट पुगेन् । डा. राउत माल्यार्पण गरेर हजारौं कार्यकर्ताको सुरक्षा घेराबीच कार्यक्रम स्थल पशुपति आदर्श उच्च मावि पुगेका थिए ।

उपेन्द्र यादबलाई पहिल्यै थाहा थियो कि डा. राउत आएपछि आफ्नो सभा खल्लो हुन्छ । त्यही कारण उनी लहानमा कार्यक्रम नगरी गढीया पुगेर कार्यक्रम गरेको स्रोतले जनायो । स्रोतका अनुसार उपेन्द्र यादबको कोणसभामा एक हजार पनि मधेसी जनता थिएनन् । मधेसवादी दलले मधेसीलाई धोका दिएको र पटक पटक सत्तामा पुगेपनि आफ्नो स्वार्थ मात्र पुरा गरेका कारण उनीहरुबाट मधेसी जनता दिक्क भएको बुद्धिजिवीहरु बताउँछन् ।

तस्वीरः महेश चौरासिया ।