४ मंसिर २०८३, शुक्रबार

एमालेजनहरु धेरै नउफ्रिए हुन्छ, एमालेको हालत चुनावमा देखिन्छः सञ्चारमन्त्री

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ५ माघ । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले राजनीतिक सहमतिमा केही दिनभित्रै चुनावको मिति घोषणा हुने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपाल जिल्ला शाखा दाङले बुधबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा मन्त्री कार्कीले भने– ‘अब सहमतिको प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ, एक साताभित्रै निर्वाचन घोषणा हुन्छ ।’

‘एमालेको हालत चुनावमा देखिन्छ’

मिडियाले उक्साहटमा लागेर हौसिँदा माओवादी तेस्रो स्थानमा खुम्चिएको चर्चा गर्दै मन्त्री कार्कीले अहिले हौसिएको एमालेको हविगत पनि त्यस्तै हुने दाबी गरे । अहिले हौसिएको एमालेको हालत के हुन्छ भनेर हेर्न आगामी चुनाव कुर्न उनले सबैलाई आग्रह गरे ।

‘पहिले वि.सं. २०६४ सालमा नेपाली कांग्रेसलाई उचाले मिडियाले, कांग्रेसले चुनाव गरायो, उहि कमजोर । त्यसपछि २०७० सालमा हामीलाई उचाल्यो मिडियाले, हामी सखाप,’ उनले भने, ‘अहिले मिडियाले एमालेलाई बलियो देखाएर चुनाव चाहियो भनिरहेका छन् । त्यो हविगत एमालेले पनि व्यहोर्ने निश्चित छ ।’