काठमाडौं, ५ माघ । नेपालमा भारतीय योजनाका त्यस्ता केही विषय बाँकी छैनन्, जो जसले कुनै न कुनै बाटोबाट छिराएको नहोस् । तर, एउटा विषयलाई कहिले यो त कहिले त्यो बाटोबाट छिराउने प्रयास असफल हुँदै आएको छ । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
संसदभित्र ‘टङस्लिप’ भएर माधव नेपालले पार्टी अध्यक्षकै एकलकाँटे शैलीको आलोचना गरेबाट हौसिएका दक्षिण खेलाडीले हिसाब–किताब निकालेरै हुनुपर्छ, राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका बेला जम्मा दुई जनालाई मात्र भारत भ्रमणको निम्तो दिइयो र दुबै एमालेका थिए ।
राष्ट्रपति विद्या भण्डारीलाई दलीय घेराभित्र नजोड्दा एक मा एमाले नेता निम्तिए तर गएनन् । उनी हुन्, मुखर्जीका पुराना मित्र माधव नेपाल ।
यस्तो निम्तो पाएइपछि अनुशासनमा पक्का मानिने नेपालले आफू प्रमुख रहेको पार्टीको विदेश विभागमा छलफल चलाए । अध्यक्ष केपी ओलीलाई पनि सुनाए ।
ती दुबै ठाउँबाट नजानु उपयुक्त हुने राय पाएपछि गएनन् । स्पष्ट छ, भारत एमालेभित्र खेल्न खोज्दै छ । राम्रै मनसायले माधव नेपाल भारत गए भने पनि त्यसको सन्देश एमालेका निम्ति राम्रो हिसाबले जाँदैन ।














प्रतिक्रिया