१३ कार्तिक २०८३, शुक्रबार

बालुवाटारमा यस्तो देखियो बितण्डा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । ‘मान्दिन मान्दिन, म त मरिगए मान्दिन । बरु बैठक–सैठक छाडेर हिँड्छु ।’ २८ गते साँझ प्रधानन्यायाधीश निवास बालुवाटारबाट न्यायपरिषद सदस्य रामप्रसाद सिटौला यसो भन्दै निस्किए ।

‘ए भाइ बस, बस । बरु अर्को मान्छे देउ तर तिमीले भनेको केटो अलि स्वच्छ छविको परेन’ भन्दै सुशीला कार्कीले सम्झाउन खोजिन् तर त्यो मान्छे अर्थात् हाल घट्टेकुलो बस्ने सुनसरीका वकिल कमलमणि निरौलाको निहुँमा बैठक बहिष्कारको स्थिति देखापर्‍यो । जबकि दुई महिनादेखिको छलफल निजी क्षेत्रका वकिलहरूमध्येबाट न्यायाधीश छान्ने दिशामा केन्द्रित हुँदै गएको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवाका पूर्व स्वकीय सचिव, गृह, पर्यटन, भौतिक योजना मन्त्रीका भाइहरूसहित १५ जना आफ्नो भागमा परिसकेपछि सिटौलाले निरौलाको नाममा त्यसरी अत्तो थापेका हुन् । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

त्यो मान्छेलाई नल्याए बस्दै बस्दिन भन्दै सिटौला हिँडेपछि पनि एक घण्टा बसेका वरिष्ठतम न्यायाधीश वैद्यनाथ उपाध्यायले ‘यिनले साह्रै निहुँ खोजे, भैगो गर्दिउँ न त’ भन्दा आफू विराटनगरको बासिन्दा भएको र वरिष्ठ अधिवक्ताको रुपमा प्राक्टिस गर्दा नै कमलमणिको विचौलिया बानीबारे जानकार रहेको जानकारी दिँदै प्रधानन्यायाधीश कार्कीले यस्तालाई बढावा दिँदै जानुभन्दा बरु विकल्प खोज्न सकिने अडान राखेकी थिएइन् ।