१३ कार्तिक २०८३, शुक्रबार

३३ किलोका असली मालिक पक्राउ पर्लान ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सजिलै बाहिरिएको ३३ किलो सुनको मालिक कहिले समातिएला ? यो सबैको जिज्ञासाको विषय बनिरहेको छ ।

केन्द्रीय अनुसन्धान व्युरो सीआइबीले विमानस्थलबाट सुन बरामद गरेको करिब दुई साता बित्न लाग्यो । तर, सुनको मालिक को हो भनेर पत्ता लगाउन सकेको छैन । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।

सीआईबीले आफूहरु अनुसन्धानमा रहेको बताइरहेको छ । तर पछिल्लो घटनामा सीआईबीले कुनै प्रतिक्रिया दिएको छैंन ।

उच्च स्रोतका अनुसार सुनको मालिक पक्राउ गर्दा ठूलो मान्छे तानिने डरले अनुसन्धानको विवरण सार्वजनिक गरिएको छैन ।

सीआईबी प्रमुख डीआईजी नवराज सिलवाललाई सम्पर्क गर्दा उनले सधै एउटै जवाफ दिने गरेका छन्, ‘हामीले अनुसन्धान जारी राखेका छौं ।’

सीआईबीले संगठित अपराध ऐन अनतर्गत छानविन गरिरहेको हुनाले अनुसन्धानको म्याद ६० दिनको हुन्छ । त्यो बेलासम्म कुनै न कुनै रिपोर्ट आउँछ नै होला स्रोतले भन्यो ।