विराटनगर, ४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनप्रति सरकार उदासिन रहेको आरोप लगाएका छन् ।
विराटनगर विमानस्थलमा आज साँझ संचारकर्मीसँग कुुरा गर्दै ओलीले आगामी १० महिनाभित्र तीनै तहको निर्वाचन गराईसक्नुुपर्ने भएतापनि सरकारले त्यसतर्फ ध्यान नदिनएको बताए ।
उनले आगामी २०७४ साल माघ महिनाभित्र तिनै तहको निर्वाचन नभए मुुलुुकमा राजनिति संकट आउने भएकाले निर्वाचनको तयारीमा सरकार लाग्नुुपर्ने धारणा राखे । निर्वाचनले मात्रै मुुलुुकलाई निकास दिने भएकाले अरु विषयमा दलहरु अल्झन नहुुने उनको भनाई थियो ।
अध्यक्ष ओलीले स्थानिय पुुनर्संचरना आयोगले आफनो प्रतिवेदन बुुझाइसकेकाले अब स्थानीय तहको निर्वाचन हुुनुपर्ने बताए । उनले संविधान संशोधन प्रस्ताव मुुलुुकको हितमा नभएकाले प्रस्ताव कुुनैपनि हालतमा परित हुुन नदिने बताए ।
न्यायाधीशहरुको नियुुक्तिका विषयमा राजनीतिक हस्तक्षेप गरेर न्यायालयमाथि नै नकारात्मक प्रभाव पार्ने काम सरकारले गरेको ओलीको आरोप छ ।











प्रतिक्रिया