२८ आश्विन २०८३, बुधबार

एमाले सचिव ज्ञवाली भन्छन्- बाबुरामका कुरा कसले सुन्छ र विश्वास गर्नु ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई इङ्गित गर्दै पुराना राजनीतिक शक्ति र नेताहरुले जनतालाई भ्रममा राखेर देशमा ‘ओलीजम’ लाद्न खोजिएको आरोप लगाएका छन् । बाह्य शक्तिबाट बर्तमान परिस्थिती सृजना गराएको भ्रम छरेर जनतालाई पछि लाग्ने बनाएको बाबुरामको बुझाई छ । बामपन्थी धारबाट राजतन्त्र र सामन्तबाद ल्याउन खोजेको आरोप पनि थियो । यति मात्रै नभई भारतीय हस्तपेक्ष रोकेर देखाउन चुनौती पनि उनले दिएका छन् । बाबुरामले लगाएको आरोपमा एमालेको धारणा बुझ्न दैनिक नेपालले नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीसंग गरेको कुराकानीः

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले जनतालाई भ्रममा राखेर ओली सहितका नेताहरुलाई ‘ओलीजम’ लादेको आरोप लगाए नि हो ?

– सकेसम्म बाबुरामको यो झिनामसिना कुरामा टिप्पणी नदिए ठिक हुन्थ्यो । बेतुकको करा उठाएर आफै विभिन्न जातजातीलाई लडाउने काम उनी आफै गरिरहेका छन् । उनी के तर्क गर्छन् र उनले भनेको कुराको विश्वास गर्नु ? पूर्वाग्रही प्रतिसोध राखेर गरिने यस्ता टिप्पणीलाई जनताले आफै बुझ्छन् । उनका कुरालाई अहिले कसैले पनि सुन्दैनन् । राष्ट्रियताको कुरा गर्ने व्यक्तिका पछि त जनता आफै लाग्छन् नि । सक्छन् भने उनी पनि जनतालाई आफ्नो पक्षमा पारुन् नि ।

राजनीतिक स्वार्थ पूर्तिका लागि नै एमालेले उठाएको माग देशका लागि घातक छ पनि भनेका छन् नि ?

– एमालेले उठाएको माग देशका लागि घातक छ वा छैन भन्ने कुरा त जनताले बुझेका छन् । यस विषयमा बाबुरामले राजनीतिक प्रतिशोधमा व्यक्तिगत विचार राख्दा कसले पत्याउँछ र ? उनले प्रायोजित तरिकाले राखेका यस्ता कुरामा पटक्कै विश्वसनीयता छैन । उनले भनेको कुरा के हो भन्ने मैले पनि बुझेको छु । नेपालको सन्दर्भमा आवश्यक कुराहरुलाई राखेर तथ्यगत कुराहरु राख्नुपर्छ ।

कुनै बेला माक्सबाद र लेनिल हुँदै माओबादका हिमायती बनेका बाबुराम पछिल्लो पटक त्यतिले मात्रै पुगेन भनेर अहिले विकासका कुरा गरेर हिँडिरहेका छन् । उनीमा स्थायीत्व छैन । पटक–पटक विवादस्पद अभिव्यक्ति दिएर जातजातीलाई लडाउने काम गर्नेको विश्वास गर्न जनताले छोडिसकेका छन् ।

एमालले एकलजातीय प्रवृति पनि लाद्न खोजेको आरोप पनि छ हो र ?

– जातीय राज्य चाहिन्छ भन्दै मिलेर बसेका नेपाली जनतालाई लडाउँदै हिडिरहेका बाबुरामले जातीय राज्यको विरोध गर्ने एमालेलाई एकलजातीय प्रवृति ल्याउन खोज्यो भन्दा कसले पत्याउँछ ? जातीय राज्यको विरोध गर्नु भनेको एकल जातीय राज्य ल्याउन खोज्नु कदापी होइन ।

हाम्रो चाहाना भनेको हिमाल पहाड तराई सहितको राज्य निर्माण गर्नुपर्छ अर्थात बहुसंख्यक जनताको चाहाना र सहतालाई हेरेर राज्य निर्माण गरिनुपर्छ भन्ने मत राख्दै आएका छौं । एमालले कसैलाई काखा र कसैलाई पाखा राख्ने काम नगरी सबैलाई समान तरिकाले हेर्छ ।

पछिल्लो समयमा जनतामाथि परेको बेचैनीको फाइदा एमालेले उठाइरहेको आरोप पनि छ नि ?

– देशको बर्तमान राजनीतिक उतारचढाबले जनतामा पक्कै बेचैन उत्पन्न भएको छ । जनताले त्यसको विकल्प खोजिरहेका छन् । यही परिबेशमा जनलह एमालेतिर ढल्केको छ । अर्थात भनौं राष्ट्रियताको पक्षधरु एमालेलाई नेतृत्वमा हेर्न चाहन्छन् । अधिकांश जनतालाई राष्ट्रको चिन्ता छ

देशको पछिल्लो परिस्थितीलाई देखेर एमाले राष्ट्रियताको पक्षमा आवज उठाउँदै अभियानमा गइरहेको छ । यसमा जनता स्वस्फूर्त रुपमा सहभागी भइरहेका छन् । यसलाई जनताको बेचैनीमाथिको फाइदा उठाइरहेको भन्द मिल्दैन । उनले यो कसरी भन्न सके उनै जानुन ।

एकलजातीय राज्यको परिकल्पना गरेर राजतन्त्र र सामन्तबाद हो र यो ल्याउनमा ओलीजमले भूमिका खेलिरहेको आरोप पनि बाबुरामले लगाएका छन् के भन्नु हुन्छ ?

– बाबुरामले जसरी नकारात्मक कुराहरुलाई तत्काल प्रचार गर्ने तरिकाले विषयान्तर गरेर सत्तामा पुग्ने र अन्ततः एउटा गम्भीर संकटतिर लैजाने प्रयत्न भइरहेको बताएका छन् त्यसैगरी उनी पनि अहिले उत्रिए । यो उनी अहिले आफै गरिरहेका छन् ।

जनतालाई जातका नाममा भ्रम छरेर लडाउने काम उनीबाट भइरहेको छ । राजतन्त्र फाल्न जसले सबै शक्तिलाई एक साथ लिएर गएको थियो उसैलाई बाबुरामले कसरी यस्तो आरोप लगाए ? यो उनको कथित प्रचारबाजी मात्रै हो । उनका यस्ता प्रचारबाजी कुराहरुलाई कसैले विस्वास नै गर्दैनन् । यस्ता विषयमा टिकाटिप्पणी गर्नु पनि समय खेर फालेजस्तै हुन्छ ।

प्रस्तुतिः अंकुश कुँवर ।