१३ कार्तिक २०८३, शुक्रबार

चीनको उच्चस्तरीय टोली काठमाडौंमा, केपी ओलीसँग विशेष भेटवार्ता हुने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । चीनको १४ सदस्यीय उच्चस्तरीय टोली सोमबार काठमाडाैं आइपुगेको छ । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाको निमन्त्रणामा नेपाल–चीन सम्वन्ध, तिब्बत मामिला  तथा पूर्वाधार विकासका विज्ञ सम्मिलित टोली ५ दिनका लागि काठमाडौं आएको हो ।

नेपाल–चीन थिंक ट्यांकसम्बन्धी दुईदिने सम्मेलनमा सहभागी हुन टोली आएको हो ।  चिनिया कम्युनिष्ट पार्टीको विदेश विभागका सदस्यदेखि पूर्वाधार विकासमा उल्लेख्य अनुभव भएका ब्यक्ति सहभागी टोलीले राजनीतिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ ।

मंगलबार र बुधबार राजधानीमा हुने सम्मेलनमा दुई देशबीचको सम्वन्धको आधार, विश्वास, चासो र पूर्वाधार विकासबारे छलफल हुने सिन्ह्वाको काठमाडौं कार्यालयले जनाएको छ । पूर्व प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्य रहने कार्यक्रममा पूर्व परराष्ट्र मन्त्रीद्धय कमल थापा र नारायणकाजी श्रेष्ठले नेपाल–चीन सम्वन्ध र समग्र राजनीतिक अवस्थाबारे धारणा ब्यक्त गर्नेछन । कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला, नयाँ शक्तिकी हिसिला यमी लगायत नेता तथा पूर्व राजदूत र पूर्वाधार विज्ञसमेतले धारणा राख्नेछन् ।

चहार इन्स्टिच्युटका अन्तर्राष्ट्रिय सल्लाहकार समितिका महासचिव तथा चिनिया पार्टीको विदेश विभाग सदस्य ह्वाङ योयीको नेतृत्व रहेको उक्त टोलीले नेपालको पछिल्लो राजनीति अवस्था तथा नेपाल–चीन सम्वन्ध बारेमा सुक्ष्म अध्ययन गर्ने अधिकारीहरुले बताएका छन ।

कान्तिपुर दैनिकमा समाचार छ ।