
काठमाडौं, ३ माघ । अहिले नेपालका लागि भारतीय राजदूत रञ्जीत राय एक महिना दस दिनपछि अवकाशमा जाँदैछन् । विश्वस्त कुटनीतिक स्रोतका अनुसार उनको ठाँउमा उाँदैछन् टीएस तिरुमुर्ति ।
राजदूत राय फेब्रुअरी २५ तारिखबाट ६० वर्षे सेवा अवधिका कारण अवकास हुने भएपछि नेपालका लागि नयाँ भारतीय राजदूत को र कस्ता व्यक्ति आउने भन्ने जिज्ञासा सर्वत्र भैरहेको थियो । साँघु साप्ताहिकले समाचार छापेको छ ।
सार्क राष्ट्रमध्ये भारत सरकारले अति नै संवेदनशील हेर्ने गरेको नेपालका लागि भारतीय रातदूत सार्क राष्ट्रमा काम गरेको, नेपाल–भारत सम्बन्धमा वारेमा विशेष जानकार व्यक्ति पठाउने गर्दछ ।
एक दुई हप्ता अगाडि निवर्तमान भारतीय सेनापति दलवीर सिंह सुहागको चर्चा भएपनि उनी नआउने निश्चित भएको छ । नयाँ दिल्लीस्थित स्रोतका अनुसार भारत सरकारले भारतीय राजदूतको छनोट भित्री रुपमा टिएस तिरुमुर्तिलाई गरिसकेको छ । औपचारिक रुपमा घोषणा हुन मात्र वाँकी छ ।
हाल मलेशियामा भारतीय उच्च आयुक्तका रुपमा रहेका, कुटनीतिक क्षेत्रमा सफल मानिएका अनुभवी व्यक्तित्व टिएस तिरुमुर्ति नेपालका लागि २४औं राजदूतमा नियुक्त हुँदैछन् ।
तिरुमुर्तिले यस अघि एक दर्जनभन्दा बढी देशहरुमा विभिन्न ओहोदामा रहेका मा गरिसकेका छन् ।
उनी कायरो, जेनेभा, गाजापट्टि, बाशिङ्गटन डीसी, जार्कातामा बसेर काम गरेका छन् । सन् १९६२ मार्च ७ मा जनिमएका तिरुमुर्ति १९८५ बाट भारतीय सरकारको जागिरे भएका थिए ।
वीकम र एलएलबी शिक्षा हािसल गरेका छन् । उनी भारतीय चौथो राष्ट्रपति बराहगिरी वेंकटको छोरी ज्वाईं भएको पनि थाहा भएको छ । उनकी श्रीमति गोवरी तिरुमुर्तिका साथ एक छोरा र एक छोरी रहेको बताइएको छ ।














प्रतिक्रिया