३० आश्विन २०८३, शुक्रबार

सात समुन्द्र पारीकी गोरी भारतीय युवाको माया जालमा परेपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । सात समुन्द्र पारी अमेरिकाको वासिङ्गटनकी युवती भारतीय युवाको प्रेममा परेकी छन् । हिमाचल चम्बा जिल्लाका सलूणी उपमण्डलका तिवारी निवासी पृथ्वी सिंह अमेरिकन युवती कैनेडी मेरीसंग विवाह बन्धनमा बाँधिएका छन् ।

एसडीएम कार्यालय सलूणीमा दुवै जनाले एक अर्कालाई आफ्नो जीवन साथी बनाएका थिए । कैनेडी २०१५ मा डलहौजी घुम्न आएकी थिइन् । त्यहीबेला कैनडीको भेट पृथ्वी सिंहसंग भएको थियो । त्यसपछि दुवैजना सम्पर्कमा रहेका थिए ।

गरीब परिवारसंग सम्बन्ध बनाउन चाहने पृथ्वी सिंह एक होटलमा काम गर्थे र स्कुलमा बच्चाहरुलाई जुडो कराते पनि सिकाउँथे । कैनेडी २०१५ मा जब डलहौजी घुम्न आई र उसलाई निकै समस्याको सामना गर्नुपर्यो । उनलाई त्यहाँको पर्यटकीय क्षेत्रको बारेमा पनि जानकारी थिएन ।

त्यसैबेला पृथ्वी कतै गइरहेका बेला बाटोमा बसिरहेकी कैनडीलाई देखे र समस्याबारे सोधपुछ गरे । पछि पृथ्वीले कैनडीलाई होटलमा बस्ने व्यवस्था मिलाउनुका साथै पर्यटकीय क्षेत्र घुमाउने काम समेत गरे । सोही बेला कैनेडीले पृथ्वीलाई विवाहको प्रस्ताव राखिन् ।

सुरुमा पृथ्वीलाई अंग्रेजी भाषमा समस्या भएको थियो । विस्तारै उनीहरुको सम्बन्ध गाढा हुँदै गयो । कार्यकारी एसडीएम सलूणी अजय पराशरले विवाह अधिनियमअनुसार पृथ्वी सिंह र कैनडी मेरीको विवाह पञ्जीकरण गरिएको जानकारी दिए ।

नवविवाहिता कैनडीले पुरै विश्वमा भारतीय पुरुष ईमानदार पतिका रुपमा चिनिँदै आएको बताइन् । त्यसैले उनले भारतीय पृथ्वीलाई पतिका रुपमा स्वीकारिन् । अहिले भारतको हिमाञ्चलमा यो विवाहको खुबै चर्चा छ ।