१३ कार्तिक २०८३, शुक्रबार

युवतीका कारण प्रहरी परिसर सामुन्ने छुरा प्रहार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, २ माघ । ललितपुर प्रहरी परिसरको सामुन्ने रहेको फुटबल चौरमा शनिबार साँझ भएको कन्सर्टमा एक युवकमाथि छुरा प्रहार भएको छ ।

छुरा प्रहारबाट काभ्रे कानपुर घर भइ ललितपुरको तिखिदेवलमा बस्दै आएका १६ वर्षीय मिलन लामा गम्भीर घाइते भएका छन् । राजधानी दैनिकले समाचार छापेको छ ।

केटीको विषयलाई लिएर विवाद भएपछि अर्को समूहले उनीमाथि छुरा प्रहार गरेको बुझिएको छ । पेटमा छुरा प्रहार भएपछि उनको अल्का अस्पतालमा उपचार भइरहेको छ ।

छुरा प्रहार गरेको अभियोगमा प्रहरीले ५ जना युवालाई पक्राउ गरेको छ । छुरा हान्ने मुख्य युवक फरार रहेका छन् ।

ललितपुर परिसरको नेतृत्व एसएसपीले गर्दै आएका छन् । प्रहरी कार्यालयअगाडि सो घटना भएपछि प्रहरीको आलोचना हुन थालेको छ ।