३० आश्विन २०८३, शुक्रबार

महिलाहरूलाई गर्भनिरोधक साधन निःशुल्क वितरण गर्न कठोर आदेश

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

फिलिपिन्स । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले जारी गरेको नयाँ आदेशले विश्वभरि चर्चा कमाएको छ ।

भ्रष्टचारीलाई हेलिकप्टरबाट खसाल्नेलगायतका विवादास्पद अभिव्यक्ति सेलाउन नपाउादै राष्ट्रपतिले डुटेर्टेले ६० लाख महिलालाई निःशुल्क गर्भनिरोधका साधन बाँड्न सरकारी निकायहरुलाई आदेश दिएका छन् ।

गरीब महिलाहरूमा अनिच्छित गर्भाधारण कम गर्ने आफ्नो इच्छा अनुसार यस्तो आदेश जारी गरिएको उनको भनाई छ ।

राष्ट्रपतिको यस्तो आदेशको रोमन क्याथोलिक चर्चहरूबाट तीव्र रुपमा विरोध हुने अपेक्षा गरिएको छ । ८० प्रतिशत फिलिपिनोहरू रोमन क्याथोलिक धर्माबलम्बी हुन् ।

यसअघिका राष्ट्रपतिलाई देशमा गर्भनिरोधक साधनको विस्तार गर्ने सम्बन्धी विधयेक पारित गर्न वर्षौँसम्म संघर्ष गर्नुपरेको थियो । गर्भपतन विरोधी समूहहरुको उजुरीपछि त्यहाँको सर्वोच्च अदालतले गतवर्ष अस्थायी साधन वितरणको काम अस्थायी रुपमा रोक्न आदेश दिएको थियो ।

सर्वोच्चको यस्तो आदेश खारेज गर्न माग गर्दै सरकारले पुनरावेदन गरिसकेको छ । – एजेन्सी