१३ कार्तिक २०८३, शुक्रबार

 यसरी शुरु भयो ट्याक्सी मालिकहरूको दादागिरी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । सरकारले लागू गरेको ट्याक्सी बिलिङ मिटर जडानमा ट्याक्सी मालिकले दादागिरी देखाएका छन् ।

नयाँ नियम लागू हुनै नदिने भन्दै ट्याक्सी चालक तथा धनीले बिलिङ मिटर जडानमा अटेर गरेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

तोकेको भाडाभन्दा आफूखुशी रकम असुल गर्न पल्केका व्यवसायी अहिले बिलिङ मिटर जडानको काम नै प्रभावित पार्न लागेका छन् ।

सरकारले भने पुस १७ गतेबाट २७ सातासम्म आलोपालौ गर्दै साउन ७ गतेभित्र बागमती अञ्चलमा दर्ता भएका १३ हजार भन्दा बढी ट्याक्सीमा बिलिङ मिटर जडान गेर्ने तालिका प्रकाशन गर्दै काम गरिरहेको छ ।

तर व्यवसायीको दादागिरीका कारण नियम नै धरापमा पर्ने अवस्था उत्पन्न भएको छ ।