१३ कार्तिक २०८३, शुक्रबार

मधेसी मोर्चाको पक्षमा बिमलेन्द्र निधि एक्लैले गरे निर्णय! प्रचण्ड पनि मान्न तयार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्धारा सञ्चालित आन्दोलनका क्रममा घाइते भएका १२ जनालाई सरकारले २० लाख २० हजार आठ सय ६८ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

मधेसी मोर्चाका कार्यकर्तालाई उपचार खर्च वापतको रकम उपलब्ध गराउने निर्णय उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले पुस २४ गते गरेका थिए ।

उनीहरुलाई उपचार खर्च वापत बिल बमोजिम भुक्तानी दिने निर्णय गरिएको मन्त्रिपरिषद कार्यालयले जनाएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

मोर्चाका तर्फबाट सञ्जय यादवको सिफारिसलाई बुधवारको मन्त्रिपरिषदले अनुमोदन गरेको हो ।

बाराका सञ्जयप्रसाद यादवलाई एक लाख ७७ हजार नौ सय २५ रुपैयाँ, पर्साकी रेखा (राजपतिदेवी) साहलाई ४६ हजार ६ सय ७४ रुपैयाँ, पर्साका पन्नालाल यादवलाई एक लाख ६९ हजार आठ सय ८२ रुपैयाँ, पर्साका शर्मा राय यादवलाई ६ लाख ५३ हजार दुई सय ९८ रुपैयाँ, कपिलवस्तुका भरतप्रसाद कुर्मीलाई १६ हजार दुई सय ८९ रुपैया, महोत्तरीका नथुनी राउतलाई ४० हजार ९५ रुपैयाँ उपचार खर्च वापत उपलब्ध गराउने निर्णय मन्त्रिपरिषदले गरेको हो ।

रुपन्देहीका दुर्गेश यादवलाई ६७ हजार एक सय ५५ रुपैया, महोत्तरीका रामप्यारी देवी कलवारलाई चार लाख ३६ हजार पाँच सय २५ रुपैयाँ, बर्दियाका बाबुराम शर्मालाई तीन लाख १७ रुपैयाँ, सिराहाका शम्भुकुमार यादवलाई ६७ हजार नौ सय ६० रुपैयाँ, बाँकेकी ममता बानियाँलाई ६ हजार दुई सय ८५ रुपैयाँ, बाँकेका अजय श्रीवास्तावलाई ३८ हजार सात सय ६४ रुपैयाँ उपचार खर्च वापत उपलब्ध गराउने निर्णय मन्त्रिपरिषदले गरेको हो ।

उनीहरुलाई उपचार खर्च वापतको रकम उपलब्ध गराउने निर्णय उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले पुस २४ गते गरेका थिए ।

आफ्नै खर्चले उपचार गराएका घाइतेको विवरण र खर्च विवरण सम्बन्धित राजनीतिक दलले एकिन गरी पेश गरेपछि गृहमन्त्रालयले सो प्रस्ताव मन्त्रिपरिषदमा पठाएको हो ।