१३ कार्तिक २०८३, शुक्रबार

महासचिव हच्केपछि सुल्झँदै अखिलको विवाद

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवीना लामा, अध्यक्ष, अनेरास्ववियू

काठमाडौं, २५ पुस । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूमा लामो समयदेखि कायम रहँदै आएको सांगठनिक विवाद साम्य हुने संकेत देखिन थालेको छ ।

अखिल विवादको मुख्य कारक तत्व बन्दै आइरहेका महासचिव ऐन महर भूल सुधार गर्न तयार भएपछि अखिलको ‘खरबारी’मा लागेको आगो नियन्त्रणमा आउने समभावना बढेर गएको हो । साँघु साप्ताहिकले समाचार छापेको छ ।

एमाले अखिलमा केही समयअघि महसचिव ऐन महरले संगठनको सहमति विपरित एकलौटी ढंगले जिम्मेवारी बाँडफाँड गरेर पठाएपछि सर्कुलर युद्ध नै मच्चिएको थियो । सर्कुलर युद्धपछि एमाले अखिलको एउटै संगठनमा ३–४ वटा समानान्तर कमिटी सक्रिय हनु पुगेका थिए ।

अखिल स्रोतका अनुसार, छुट्टाछुट्टै समानान्तर कमिटी गठन गरेर जग हँसाइ गरेका अखिलका सबै नेता जारी विवादको समाधान खोज्न तयार देखिएका छन् । विद्यार्थी संगठनको लामो समयदेखि संवाद हुन नसकिरहेका बेला केही दिनअघि मात्रै अखिलको स्थायी समितिको बैठक बसेको छ ।

अखिलका एक नेताका अनुसार अखिल स्थायी समिति बैठकमा विवादको मूल कारण बन्न पुगेका महासचवि ऐन महर गल्ती सुधार्न तयार भएका छन् ।