
काठमाडौं, २३ पुस । धनगढी प्रिमियर लिगका लागि भएको अक्सनमा खेलाडीहरुको मूल्य तोकिएको छ ।
खेलाडीहरुको अधिक्तम एक लाख बोली लागेको छ । जसमा राष्ट्रिय टोलीका सोमपाल कामी, करण केसी, सागर पुन र मेहबुब आलम गरि चार जनालाई क्लबहरुले एक लाखको भाउ बोलेका हुन् ।
अधिक्तम मूल्य बोलीएका खेलाडीहरुमध्ये सागर पुनलाई कञ्चनपुर आइकोनिकले अनुवन्धित गरेको छ भने मेहबुब आलम र करण केसीलाई सीबाईसी अत्तरिया र सोमपाल कामीलाई काठमाडौं गोल्डेन्सले अनुवन्धित गरेको छ । छवटै टिमले सोमपालमाथि एक लाख भाउ लगाएपनि गोलाप्रथाबाट काठमाडौंले बाजी मारेको थियो ।
नेपाल क्रिकेट प्लेयर्स एशोसिएनसँगको सहकार्यमा भएको अक्सनमा राष्ट्रिय टोलीका सदस्यलाई न्यूनतम मूल्य ५० हजार र अधिकमत एक लाख तय गरिएको थियो । पृथु बास्कोटालाई टिम चौराहाले र प्रदिप ऐरीलाई अत्तरियाले ९० हजारमा अनुबन्ध गरेको छ ।
त्यस्तै, दिपेन्द्र सिंह ऐरीलाई विराटनगर किङ्ग्सले ८० हजारमा अनुवन्धित गरेको छ । यू-१९ एसिया कपमा उत्कृष्ट प्रदर्शन गरेका उनलाई पनि छवटै टोलीले अधिकतम ८० हजार भाउ लगाएपनि गोलाप्रथामा विराटनगर जित्यो । विक्रम शोबलाई रुपेन्देही च्यालेन्जर्सले, सुवास खकुरेललाई बिराटनगर, सन्दिप सुनारलाई सीबाईसी अत्तरिया, आरिफ शेखलाई टिम चौराहा, अभिनाष कर्ण र सुनिल धमलालाई कञ्चनपुर आइकोन र भुवन कार्कीलाई काठमाडौं गोल्डेन्सले समान ८०र८० हजारमा अनुवन्धित गरेको छ ।
राजु रिजाल र प्रेम तामाङलाई लाई टिम चौराहा धनगढीले समान ७० हजार भाउ लगाएको छ । सन्दिप लामिछानेलाई विराटनगर नै ६० हजारमा अनुवन्धित गरेको छ । जबकी उनको अधिकतम ८० हजारसम्म थियो ।
अत्तरियाको कप्तान ज्ञानेन्द्र मल्ल, विराटनगरको शरद भेषावकर, काठमाडौंको बसन्त रेग्मी, रुपन्देहीको शक्ति गौचन, कञ्चनपुरको विनोद भण्डारी र धनगढीको पारस खड्का कप्तान छन् । र, उनीहरुले समान १ लाख ५० हजार पारिश्रमिक पाउनेछन् ।















प्रतिक्रिया