मुम्बई । बलिउडका चर्चित अभिनेता ओम पुरीको निधन भएको छ । ६६ वर्षीय अभिनेता पुरीको शुक्रबार बिहान हृदयघातका कारण निधन भएको हो ।
अभिनेता ओम पुरी बलिवुडका सीमित कलाकारमध्येका एक थिए । उनले समानान्तरदेखि व्यावसायिकसम्मका फिल्ममा अत्यन्तै राम्रो अभिनय गरेका थिए ।
ओम पुरीद्वारा अभिनित फिल्म ‘अर्धसत्य’बाट उनले राष्ट्रिय अवार्ड पनि पाए । ओम पुरीले हलिवुडका फिल्ममा पनि काम गरेका छन् ।
ओम पुरीको जन्म पञ्जाव राज्यको अंबालामा पंजाबी परिवारमा भएको थियो । १९९३ मा ओम पुरीले नंदिता पुरीसँग विवाह गरेका थिए । सन् २०१३ मा पत्नीसँग सम्बन्धविच्छेद भएको थियो ।
ओम पुरी र नंदिताबाट एक छोरा जन्मिएका छन् । उनको नाम इशान हो । ओम पुरीले बलिवुडका साथै ब्रिटेन र अमेरिकाका थुप्रै फिल्ममा काम गरेका छन् । – एजेन्सी
















प्रतिक्रिया