१ कार्तिक २०८३, आइतबार

फाल्गुनन्द गोल्डकपः विर्ता युनाइटेड क्लब फाइनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण ओझा

पाँचथर, २१ पुस । फिदिममा जारी आठौँ फाल्गुनन्दगोल्डकप फुटवल प्रतियोगितामा विर्ता युनाइटेड क्लब झापा फाइनलमा प्रवेश गरेको छ ।

विहीवार घरेलू टिम फिदिम स्पोर्टिङ क्लवलाई रातो घरेलु पैदानमा ६–० गोल अन्तरले पराजित गर्दै झापा उपाधि नजिक पुगेको हो ।

फिदिम माविको मैदानमा भएको खेलमा झापाले सुरुवाती अग्रता लियो । झापाका लागि खेलको दोस्रो मिनेटमै विकेस लिम्बूले गोल गरे । पहिलो हाफको १३ औँ मिनेटमा वुद्ध चेम्जोङको पासलाई स्ट्राइकर कर्ण लिम्बूले गोलमा परिणत गरे ।

पहिलो हाफकै २७ औँ मिनेटमा झापाकालागि देवेन्द्र तामाङले गोल गरे । उनले कर्नरलाई गोलमा परिणत गरेका थिए ।

पहिलो हाफमा ३–० ले पछि परेको फिदिम दोस्रो हाफमा पनि लयमा फर्कन सकेन् । दोस्रो हाफको दोस्रो मिनेटमा पुनः विकेस लिम्बूले गोल गरे ।

यस्तै दोश्रो हाफको २५ औँ मिनेटमा योगेश गुरुङले गोल गरे भने २८ औँ मिनेटमा योगेश गुरुङले निकै लामो प्रहारलाई गोलमा परिणत गरे ।

विहीवारको खेलको म्यान अफ दि म्याच पनि योगेश नै घोषित भए ।

फाल्गुनन्द गोल्डकपको आठौँ संस्करणको उपाधिका लागि अब झापाले शुक्रवार हुने कर्णसिंह सोनाम स्मृति क्लव ताप्लेजुङ र एलेभेन एरोज क्लव सुनसरीवीचको खेलको विजेता सँग आइतवार प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैँया र उपविजेताले १ लाख ५० हजार रुपैँया प्राप्त गर्नेछन् ।

फोटोः रविन्द्र काफ्लेबाट ।