४ मंसिर २०८३, शुक्रबार

संविधान संशोधनबारे यस्तो थियो संसद बैठकको आजको कार्यसूची

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । व्यवस्थापिका संसदको बैठक अहिले चार बजे फेरि बस्दैछ ।

दिउँसो एक बजेको बैठक संविधान संशोधन प्रस्तावको विरोधमा रहेका विपक्षी दलहरुको अवरोधका कारण स्थगित भएको थियो ।

दिउँसोको बैठकमा यस्तो थियो कार्यसूची

संसद सचिवालयका अनुसार आजको बैठकको कार्यसूचीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचन २०७३ सम्बन्धी विधेयक प्रस्तुत गगर्ने कार्यक्रम थियो ।

यसैगरी, आजै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले नेपालको संविधान (दोस्रो संशोधन, २०७३) प्रस्तुत गर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तउपर सांसद महेन्द्रबहादुर शाहीसहित १५७ जना सांसदले दर्ता गरेको महाअभियोगको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय गरिएको थियो ।

तर, संशोधन प्रस्ताव फिर्ता माग गर्दै एमालेसहित विपक्षी दलहरुको अवरोधले कार्यसूची प्रभावित हुनपुग्यो ।