४ मंसिर २०८३, शुक्रबार

टोपी दिवसको अपमान गर्ने बाबुरामलाई कांग्रेस युवा नेताको कडा जवाफ

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । आइतबार (हिजो) मनाइएको चौथो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको व्यंग्यात्मक शैलीमा विरोध गरेपछि नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईको जताततै आलोचना भइरहेको छ ।

उनलाई कलाकारदेखि नेतासम्मले जवाफ फर्काएका छन् । यसैक्रममा कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले पनि बाबुरामलाई जवाफ दिएका छन् ।

बाबुरामको ट्वीट ‘टोपी दिवस रे!अब बख्खु दिवस! धोती दिवस!..संविधान र राष्ट्रगानमा समेत बहुजाति र बहुसांस्कृति स्वीकारीसकेको देशमा एकल संस्कृतिका कुरा कति जायज ?’ लाई रिट्वीट गर्दै कांग्रेस नेता शर्माले- ‘टोपी या धोती दिवसको आलोचना होइन, दुवैको सम्मान र कदर पो हो बहुसंस्कृति !’ भनेका छन् ।

यसअघि कलाकार दीपकराज गिरीले टोपीलाई श्रपेच नसम्झन आग्रह गर्दै बाबुरामलाई जवाफ फर्काएका थिए ।