काठमाडौं, १८ पुस । सरकारले आज जसरी पनि संविधान संशोधन प्रस्ताव संसदमा टेबल गर्ने बताएको थियो । त्यसैअनुसार मधेसी मोर्चासँग बाचा पनि गरेको थियो ।
यद्यपी सभामुख ओनसरी घर्तीले बैठकमा पेलेरै जाने संकेत देखाएकी थिइन् । उनले विपक्षी सांसदहरुलाई करिब १० मिनेटसम्मा उभ्याएकी थिइन् । अवरोध गर्दा गर्दै ओनसरीले बैठकलाई जबरजस्त लम्ब्याउन खोजेकी थिइन् ।
हिजोमात्रै माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषाले एमालेसँग सहमतिको प्रयास गरिने र नभए पेलेरै सरकारले प्रस्ताव संसदमा टेबल गर्ने बताएकी थिइन् ।
तर, आज दिउँसो १ बजे बसेको संसदको बैठकमा प्रस्ताव टेबल भएन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित ९ विपक्षी दलहरुले बैठकमा अवरोध गरेर पेलेरै जान खोज्ने सरकारलाई पछि हट्न बाध्य पारेका छन् ।
उनीहरुले संविधान संशोधनको प्रस्ताव फिर्ता लिन माग गर्दै अबरोध गरेपछि आजको बैठक पनि स्थगित भयो ।
यद्यपी सभामुख ओनसरी घर्तीले बैठकमा पेलेरै जाने संकेत देखाएकी थिइन् । उनले विपक्षी सांसदहरुलाई करिब १० मिनेटसम्मा उभ्याएकी थिइन् । अवरोध गर्दा गर्दै ओनसरीले बैठकलाई जबरजस्त लम्ब्याउन खोजेकी थिइन् ।
हेर्नुस् भिडियोमा विस्तृतः
https://www.youtube.com/watch?v=zFrViRCSvsw

प्रतिक्रिया