३० आश्विन २०८३, शुक्रबार

एक मिनेटमा ४२ वटा लसुन खाएर नेपाली युवाले तोडे विश्व रेकर्ड

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । कैलाली स्थायी घर भएका भरत बिष्टले एक मिनेटमा ४२ वटा लसुनको पोटी खाएर विश्व रेकर्ड तोडेको दाबी गरेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले यहाँ भन्दा पहिले अमेरीकन नागरिक फ्याट्रिक ल्याटिको नाममा रहेको आधारिक कीर्तिमानी आफूले तोडेको दाबी गरेका हुन् ।

उनले पहिलो प्रयासमा एक मिनेटमा ३१ वटा खाएका थिए भने पछिल्लो प्रयासमा एक मिनेटको समयमा ४२ वटा पोटा खाएका हुन् । तथापि उनले एक मिनेटमा ४२ वटा लसुनका पोटी खाएपनि गिनिज बुकले आधिकारिक रुपमा उनले खाएको भिडियो हेरेर मात्र रेकर्डलाई मान्यता दिने जनाए ।

बिष्टले हात र खुट्टाको जुनसुकै औंलाले कलम समातेर उत्तिकै छिटो लेख्न सक्ने बताउँदै खाना खाँदा लसुन खाइरहने भएको कारण आफुले यो रेकर्ड तोड्ने सक्ने विश्वासका साथ यो रेकर्डको लागि आफु तयार रहेको भन्दै जोखिम मोलेको बताए ।

उनले भने, ‘मानिसले तीन केजीसम्म लसुन खान सक्छ, त्यसैले मलाई पनि केही हुँदैन, बानी नपरेकालाई एक दुईवटा पोटाले नै घुमाउँछ, मैले कैलाली रहँदा रेडियो र स्कुलमा क्रमशः ४९ र ४२ पोटी खाएको थिएँ, मेरो सिर्जनाले यो देशलाई चिनाउन सहयोग गर्न सक्छ भने म किन तयार नहुने ? मैले अघिबाट र पछाडिबाट उहि समयको रफ्तारमा पढ्न पनि सक्छु ।’