३० आश्विन २०८३, शुक्रबार

पाँच सय ६० पोर्न वेबसाइटहरू बन्द

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ढाका । बांगलादेशले ५ सयभन्दा बढी पोर्न वेबसाइटहरू आफ्नो देशमा ब्लक गरेको छ । युवा पुस्ता र बालबालिकाहरूमा त्यसले नकारात्मक सन्देश दिन थालेपछि पोर्न वेबसाइटहरू बन्द गर्न बाध्यकारी कदम उठाएको जनाइएको छ ।

बांग्लादेश दूरसञ्चार विनियामक आयोग (बीटीआरसी)ले पोर्न वेबसाइटहरूले बच्चाहरूमा कुप्रभाव परेकाले स्थानीय इन्टरनेट सेवा दिने कम्पनीहरूलाई त्यस्ता वेबसाइटहरूमा प्रतिबन्धको आदेश दिएको हो ।

बीटीआरसी प्रवक्ता सरवर आलमले भनेका छन्, ‘पोर्नोग्राफीको कुप्रभावबाट युवा र बच्चाहरूलाई बचाउन पोर्न वेबसाइटहरू बन्द गरिएको हो ।’

आलमका अनुसार ५ सय ६० पोर्न वेबसाइटहरूको सूची बनाएर इन्टरनेट सेवा दिने कम्पनीहरूलाई बन्द गर्नका लागि पठाइएको छ । – एजेन्सी