मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

‘वीर गणेशमान’का मनोजको त्यो खुसीको क्षण ‘मिथ्या’सम्म

दैनिक नेपाल २०७३ पुष १४ गते ९:४४

काठमाडौं । चकलेटी नायक मनोज आरसीको फिल्म ‘मिथ्या’ रिलिजको तयारीमा छ । मनोज अहिले आफ्नो नयाँ फिल्म ‘मिथ्या’को प्रचार प्रसारमा जोडतोडका साथ लागेका छन् । यो फिल्मबाट उनले थुप्रै आशा र आकंक्षा लिएका छन् ।

कांग्रेका सर्वोच्च नेता गणेशमान सिंहको जीवनीमा बनेको फिल्म ‘वीर गणेशमान’मा पहिलो पटक अभिनय गरेका मनोजले राम्रो प्रशंसा पाए ।

फिल्ममा उनले सशीद गंगालालको चरित्रमा अभिनय गर्ने मौका पाएका थिए । आफ्नो भूमिकालाई मनोजले इमान्दारिताका साथ निभाएको दाबी गर्छन् । ‘ऐतिहाँसिक विषयवस्तुमा निर्माण भएको फिल्म खेल्नु मेरा लागि खसीको क्षण थियो’, उनले भने, ‘मेरो अभिनयमा न्याय गरेको छु ।’ फिल्मको निर्देशन सहजमान श्रेष्ठले गरेका हुन् ।

त्यसपछि मनोज आरसी मनोज पण्डितको निर्देशनमा बनेको फिल्म ‘लक्ष्य’मा अभिनय गर्ने मौका पाए । मनोजले अर्काे चलचित्र ‘सिमाला’मा पनि अभिनय गर्ने मौका पाए । ‘सिमाल’को अभिनय मनोजका लागि यादगार बनेको छ ।

‘मधुमास’ फिल्मले मनोजको कलायात्रालाई नयाँमोड दिएको उनको बुझाइ छ । व्यावसायिक रूपमा सफल ‘मधुमास’मा राघवको चरित्र निर्वाह गरेका मनोजले सोही चलचित्रवाट सर्वोत्कृष्ट खलनायकको कामना अवार्डसमेत पाएका छन् । मधुमासमा मनोजसँगै आर्यन सिग्देल, पूजा शर्मालगायतले अभिनय गरेका थिए । सुदर्शन थापा निर्दे्शित मधुमास युवा पुस्ताले मन पराएको चलचित्र थियो ।

मधुमासबाटै उनी नेफ्टा अवार्ड, डी सिने अवार्ड र एनएफडीसी अवार्डमा मनोनयनमा परेका थिए । अर्को व्यावसायिक चलचित्र ‘झुम्की’मा मूख्य भूमिका निर्वाह गरेका थिए मनोजले । दयाहाङ राई, रीश्मा गुरुङलगायतले अभिनय गरेको ‘झुम्की’का निर्देशक अपील विष्ट हुन् ।

नायक मनोजले फिल्मका साथै धेरै म्युजिक भिडियोहरूमा पनि आफ्नो कला देखाइ सकेका छन् । सबै क्षेत्रमा अभिनयलाई निखार दिन माहिल मानिने चकलेटी नायक मनोजले एकपछि अर्को फिल्म पनि पाइरहेका छन् । ‘फिल्ममा काम गर्न पाउनु मेरा लागि सौभाग्य पनि हो’, उनले भने, ‘मेरो कामलाई अझै राम्रो गरेर देखाउने छु । दर्शकले त्यसको मूल्यांकन गर्नु हुनेछ ।’

प्रतिक्रिया
सम्बन्धित