
काठमाडौं, १३ पुस । व्यवस्थापिका संसदको बैठक फेरि अवरुद्ध भएको छ ।
संविधान संशोधन प्रस्ताव फिर्ताको माग गर्दै एमालेसहित ९ विपक्षी दलले संसदमा अवरोध गरेपछि बुधबारको बैठक पनि प्रभावित भएको हो ।
बैठकको सुरुमा बोल्दै नेपाल परिवार दलका सांसद एकनाथ ढकालले संशोधन विधेयक गैरसंवैधानिक, राष्ट्रियता विपरित अदृश्य शक्तिको बलमा ल्याइएको आरोप लगाउँदै फिर्ता नलिएसम्म सदन चल्न नदिने बताए । ढकाल बोलिसकेपछि विपक्षी दलका सांसदहरु आ–आफ्नो ठाउँमा उभिएर अवरोध गरे ।
पटक पटक आसन ग्रहणका लागि आग्रह गर्दा पनि नमानेपछि सभामुख ओनसरी घर्तीमगरले भोलि बिहीबार १ बजेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरिन् ।











प्रतिक्रिया