१ कार्तिक २०८३, शनिबार

सगुनमा लगानी गर्न विश्वभरका लाखौं मानिस इच्छुक, नेपालीलाई बढी चासो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । । सामाजिक संजालको क्षेत्रमा उदाँउदै गरेको सगुनले आम सर्वसाधारणको लगानीलाई स्विकार्ने प्रक्रिया मिनी आइपिओ स्वीकृतको चरणमा रहेको सगुनको वेभसाइटमा उल्लेख गरिएको छ ।

सगुनको वेभसाइट www.sagoon.com/invest मा लगानीको लागि इच्छा प्रकट गर्न पाउने व्यवस्था गरेको हो। मिनी आइपिओ स्विकृत भएर आउनु अघी लगानीकर्ताहरुको इच्छा यसमा व्यापक देखिएको छ।

कम्पनीले सबैले देख्न मिल्ने गरि इच्छा व्यक्त गर्ने् लगानीकर्ताहरुको संख्या र रकम समेत सार्वजनिक गरेको छ ।

वेभसाइटमा इच्छा व्यक्त गर्न आह्वान गरेको केहि दिनमा ४२ लाख डलरभन्दा बढी लगानी गर्न इच्छा व्यक्त भएको छ । विश्वभर छरिएर रहेका नेपालीहरु यसमा लगानी गर्न इच्छुक देखिएको सगुन लगानी पेजमा देख्न सकिन्छ ।

सगुनले अमेरिकन संसोधित कानुन अनुसार सेक्युरिटी एण्ड एक्सचेन्ज कमिसनमा यसको रेगुलेसन ए प्लस अन्तर्गत सर्बसाधरणमा दायित्व हस्तान्तरणका लागि आवेदन दिएको र अन्तिम स्वीकृतिको पर्खिरहेको छ।

उसले आफ्नो साइटमा समेत लगानीको लागि बढीमा अव २ महिनाभित्र स्वीकृति पाइन सक्ने जनाएको छ । अमेरिकी सेक्युरिटी एण्ड एक्सचेन्ज कमिसनले अन्तिम स्वीकृति दिएपछि मिनी आईपीओ मार्फत लगानीका लागि विश्वभरि खुला हुनेछ । यद्यपी यसमा नेपालभित्र रहेका नेपालीहरुले भने लगानी गर्न सक्ने छैनन ।

सगुनको साइटमा बताइए अनुसार मिनिआइपिओमा कम्तिमा २९९ डलर लगानी गर्नु पर्नेछ। त्यो भन्दा बढी समेत लगानीका लागि भने वन्देज छैन ।

मिनी आइपिओ मार्फत सगुनले बीस मिलियन डलरको सेयर बिक्री गर्ने यस अघि नै जनाइसकेको छ। खरिद गर्न इच्छुक बिश्वभरिका लगानिकर्ताले फस्ट कम फस्ट सर्भिस अन्तर्गत सेयर पाउने हुनाले चाडो लगानी गर्नेले चाहेजति सेयर पाउनेछन् ।