काठमाडौं, ११ पुस । नेपाली सेनामा जागिर खुलेको छ ।
सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाले २१६ प्राविधिक पदको दरबन्दी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।
सूचनाअनुसार ओभरसियर, नर्सिङ, मेकानिकल इन्जिनियर, छापाखाना प्राविधिक, छायाँकार, कम्प्युटर अपरेटरलगायतका ३३ पदमा २१६ जनाको खुला तथा समानुपातिक समावेशी रुपमा पदपूर्तिका आह्वान गरिएको हो ।
संविधानको प्रावधान अनुसार महिला, आदिवासी, जनजाति, मधेशी, दलित र पिछडिएको क्षेत्रलाई समानुपातिक रुपमा कोटा निर्धारण गरिएको छ । कम्तीमा एसएलसी, प्राविधिक एसएलसी, पिसिएल नर्सिङ, इन्जिनियरिङ डिप्लोमा उत्तीर्ण गरेका उम्मेद्वारले योग्यता अनुसारको पदमा फाराम भर्न सक्नेछन् ।
दरखास्त फाराम सेनाको मुख्यालय जंगी अड्डा भद्रकालीबाट बुझ्न सकिने र पुस ११ गतेवाट माघ ११ गतेसम्म दरखास्त दिन सकिने जंगी अड्डाले जनाएको छ ।
हेर्नुस् सूचनाः

















प्रतिक्रिया