४ मंसिर २०८३, शुक्रबार

रिबन काट्दिन भन्ने प्रचण्ड खल्तीमा कैंची र सलाई हालेर हिँडेका छन्ः ओली

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार असफल हुँदै गएको बताएका छन् ।

आइतबार एमाले संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले रिबन काट्दिन भनेर सपथ खाने प्रधानमन्त्री प्रचण्ड नै खल्तीमा कैंची र सलाई हालेर हिडिरहेको आरोप लगाए ।

‘प्रधानमन्त्री हुनेवित्तिकै पुष्पकमल दाहालले रिबन काट्ने काम गर्दिन् । उद्घाटन गर्न जान्छ । म काम गर्नु चाहन्छु भनेका थिए,’ ओलीले भने– ‘अहिले तिनै प्रचण्ड एकथान हेलिकप्टरमा मान्छेको झुण्ड लिएर, कैंची र सलाई गोजीमा हालेर, रिवन काट्न हिन्नुभाछ । यो उहाँको असफलता हो ।’

प्रधानमन्त्री प्रचण्डले शनिबार रोल्पा पुगेर ‘गुरिल्ला ट्रेल’ र ‘जनयुद्ध संग्राहलय’को उदघाटन गरेका बेला ओलीले अगाडि भने- ‘उहाँले गुरिल्ला ट्रेलरको उद्घाटन गर्नुभयो । एक दुई त्यो घरमा बस्नुभयो होला । त्यहाँ गएर ढोकामा रिबन काट्नुभयो । त्यसको जयजय कारण गराउँदै हिड्नुभएको छ । यो प्रधानमन्त्रीको असफलता हो ।’