– विमल योगी
काठमाडौं, १० पुस । संविधान संशोधन प्रस्तावविरुद्ध ९ विपक्षी दलले संयुक्त रुपमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
आइतबार दिउँसो प्रमुख प्रतिपक्षी एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा ९ दलले संविधानको दोस्रो संशोधन विधेयक तराई–मधेस विरोधी र सिंगो देशको हितविपरित रहेको उल्लेख गरेको छ ।
९ दलले देशलाई उत्तेजना र अराजकतातर्फ धकेल्न सरकार प्रतिपक्षी दलहरुविरुद्ध उदण्डता र असहिष्णुतापूर्वक प्रस्तुत भइरहेको प्रति आपत्ति जनाउँदै तत्काल संशोधन फिर्ता लिएर संसदको अवरोध अन्त्य गर्ने र सहमतिको वातावरण बनाउन माग गरेका छन् ।
प्रचण्डमाथि यस्ता छन् पाँच आरोपः
– संविधानको दोस्रो संशोधन विधेयक तराई मधेस विरोधी र सिंगो देशको हितविपरित छ ।
– संविधानको नांगो उल्लंघन गरेको छ ।
– सत्ता पक्षले निरंकुश र स्वेच्छाचारी ढंगले यो बृहत सहमति भत्काएर देशलाई अप्ठेरोतर्फ धकेल्ने प्रयास गरेको छ ।
– संविधान संशोधन सहमतिमा गरौं भनेर आह्वान गर्यौ । तर, हाम्रो कुरा सुनिएन् जबरजस्ती गरियो । सर्वाेच्च अदालतको स्थगन आदेशलाई लत्याउँदै सरकारले रातारात स्वच्छाचारी ढंगले संविधान संशोधन विधेयक संसदमा दर्ता गरायो ।
– उपलब्धी संस्थागत गर्न निर्वाचन गराउनुपर्नेमा संविधान संशोधनको नयाँ शर्त तेस्र्याउँदै संविधान कार्यान्वयनलाई अवरुद्ध पार्ने नियोजित प्रयासमा सरकार क्रियाशिल छ । बृहद सहमति भत्काउँदै उल्टै प्रतिपक्षीहरुविरुद्ध दिनरात असहिष्णु ढंगले सराकर व्यवहार गरिरहेको छ ।
हेर्नुस् विज्ञप्तिः














प्रतिक्रिया