४ मंसिर २०८३, शुक्रबार

एमाले नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था सुधारोन्मुख

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० पुस । नेकपा (एमाले)का नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था सुधारोन्मुख बन्दै गएको छ ।

स्वास्थ्यमा केही असजिलो महसुस आएपछि शुक्रबार राति बल्खुस्थित बयोधा अस्पतालमा भर्ना हुनुभएका अधिकारीको स्वास्थ्यमा अहिले क्रमिक सुधार आएको पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

पूर्वउपप्रधानमन्त्री अधिकारीको ठूलो आन्द्रामा सङ्क्रमण रहेकाले त्यसको उपचार भइरहेको बताइएको छ । रासस