४ मंसिर २०८३, शुक्रबार

एमालेका नेता अधिकारी बिरामी, वयोधा अस्पताल उपचार हुँदै

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । नेकपा(एमाले)का नेता भरत मोहन अधिकारी अस्वस्थ्य भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

नेता अधिकारीलाई पेटमा समस्या भएपछि शुक्रबार मध्यराति काठमाडौंको बल्खुस्थित वयोधा अस्पतालमा उपचारका लागि भर्ना गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

‘भरतमोहन अधिकारीज्यूको पेटमा समस्या भएपछि शुक्रबार अस्पताल भर्ना गरिएको हो’, उनले भने, ‘शनिबार दिनभरि उहाँको सबै परीक्षण भएको छ । ठूलो आन्द्रामा समस्या देखिएको भनिएको छ । सम्भवत आइतबार चिकित्सकहरूले उपचारको टुङ्गो लगाउने छन् ।’

पूर्व अर्थमन्त्रीसमेत रहेका नेता अधिकार बिरामी भएको खुबर थाहा पाएपछि शनिबार एमालेका नेता तथा शुभेच्छुकहरू भेट्न अस्पताल पुगेका थिए ।