काठमाडौं, ९ पुस । प्रधानसेनापति राजेन्द्र क्षत्रीले पूर्वी पृतनाअन्तर्गतको सङ्खुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ श्री भीमकाली गुल्मको शुक्रबार निरीक्षण गर्नुभएको छ ।
सो क्रममा उहाँले गुल्मको वस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायतबारे जानकारी लिनुभएको थियो ।
निरीक्षणपछि सकल दर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले राष्ट्रिय निकुञ्ज सुरक्षामा निःस्वार्थ र उच्च मनोबलका साथ अनुशासित ढङ्गले काम गर्न निर्देशन दिनुभयो ।












प्रतिक्रिया