४ मंसिर २०८३, शुक्रबार

संविधान संशोधनमा प्रचण्डलाई टोपबहादुरले दिए दुई विकल्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले संविधान संशोधनमा सरकारसामु दुई विकल्प प्रस्तुत गरेका छन् ।

सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग गर्दै आन्दोलनमा रहेका रायमाझीले बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै आफ्नै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई कि प्रस्ताव लिनुपर्ने कि स्थगन गरेर चुनावमा जानुपर्ने विकल्प दिएका हुन् ।

संविधान संशोधन प्रस्ताव जनताको चाहना नै नभएको भन्दै रायमाझीले भने- ‘यो प्रस्ताव जनताको चाहना विपरित छ, सरकारले संशोधन प्रस्ताव फिर्ता लिँदा राम्रो हुन्छ, गाह्रो हुन्छ भने यसलाई तत्काल स्थगन गरेर चुनावमा गई संविधान कार्यान्वयन गर्नुपर्छ ।’

उनले प्रदेश सीमांकन हेरफेरसहित आएको संविधान संशोधन प्रस्ताव राष्ट्रको हितमा नरहेको आरोप लगाए । उनले अघि थपे, ‘अहिले प्रदेशको सिमांकन हेरफेर गर्न कुनै आवश्यक नै छैन्, यो राष्ट्र, जनता र कुनैपनि पार्टीको हितमा छैन्, पहिले मिलिसकेको कुरालाई अब विवादमा ल्याएर बल्झ्याउने काम गर्नुहुँदैन् ।’

रायमाझीले ९० प्रतिशतले जारी गरेको संविधान संशोधन गर्ने हो भने त्यो भन्दा बढिको सहमति र सहभागितामा गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘होईन भने यो जनमतको अपमान हो, उल्लंघन हो ।’

उनले संविधान संशोधन नभए संविधान नै कार्यान्वयन हुँदैन भन्ने कुरामा आफू असहमत रहेको बताउँदै भने- ‘९० प्रतिशतले बनाएको संविधान अब कार्यान्वयनमा जुट्नुपर्छ, सबै दल गम्भिर गर्नुपर्छ, यदि आन्दोलनकारीहरुको माग सम्बोधन गर्ने हो भने सबै दलहरुवीच सहमति हुनुपर्छ ।’